Logo

भूकम्पले भत्काएको ४१ हजार घर पुननिर्माण, ५ लाख ४३ हजारले गरे अनुदान सम्झौता

भूकम्पले भत्काएको ४१ हजार घर पुननिर्माण, ५ लाख ४३ हजारले गरे अनुदान सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भूकम्पबाट भत्किएका मध्ये ४१ हजार ३ सय ११ घर पुननिर्माण भइसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै १७ हजार १ सय ४४ घरको पुननिर्माणका क्रममा रहेको बताइएको छ । प्राधिकरण गठन भएको १ बर्ष पुगेको उपलक्ष्यमा आइतवार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुस ८ गतेसम्म ५ लाख ४३ हजार १ सय ७ घरधनीले अनुदान सम्झौता गरिसकेको समेत जानकारी दिए । त्यस्तै ४ लाख ५८ हजार ५ सय ९२ घरधनीले अनुदान रकम प्राप्त गरेका छन् ।

ज्ञवालीका अनुसार भूकम्प अति प्रभावित १४ जिल्लापछि भूकम्पबाट प्रभावित र कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा ४१ हजार ३ सय ११ घर निर्माण भएको समेत बताइएको छ । त्यस्तै १७ हजार १ सय४४ घरको पुनर्निर्माण जारी रहेको पनि उनले बताए ।

सो अवसरमा उनले प्राधिकरणले एक वर्षको अवधिमा एक चरणको उपलब्धी हासिल गरेको दावी गरे । ‘प्राधिकरण पुननिर्माण र पुनस्र्थापनाका कार्यक्रमहरुलाई योजनाबद्ध र व्यवस्थित रुपमा अघि बढाउन सफल भएको छ’ उनने भने ।

प्राधिकरणले भौतिक संरचनाहरुको पुननिर्माणमा निजी आवास पुननिर्माणलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ ।ज्ञवालीका भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधनी घर पुननिर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त गर्न सूचीकृत भइसकेका छन् ।

त्यस्तै घरधुरी सर्वेक्षण, अनुदान सम्झौता र वितरणका क्रममा २ लाख ४ हजार १ सय ७७ वटा गुनासा स्थानीय तहमा दर्ता भएका प्राधिकरणले जानकारी दिएको छ । यसमध्ये प्राधिकरणको केन्द्रमा १ लाख ७ हजार गुनासा प्राप्त भएका छन् । प्राधिकरणले पुरातात्विक सम्पदाहरु मध्ये १५ वटा सम्पदाको पुननिर्माण कार्य सम्पन्न गरेको छ ।

६९ वटा सम्पदाको पुननिर्माण कार्य जारी रहेको उनको भनाइ छ । चालू आर्थिक वर्ष भित्रै थप ७४ वटा सम्पदाको निर्माण कार्य सम्पन्न गर्ने ज्ञवालीले जानकारी दिए । त्यसैगरी ३२ वटा सरकारी भवनको प्रिफेब्रिकेटेड संरचनामा पुनर्निर्माण सम्पन्न भएको छ भने २ सय २८ वटा सरकारी भवन पुनर्निर्माणको चरणमा छन् ।

शैक्षिक संस्थातर्फ २ सय वटा विद्यालयको पुनर्निर्माण भएका छन् । चालु आर्थिक बर्ष भित्रै कम्तिमा २५ वटा बस्तीहरुको योजना तयारी गर्ने गरी कार्य अघि बढाइएको प्राधिकरणको भनाइ छ । ‘काठमाडौं उपत्यकाभित्रका सात वटै विश्वसम्पदा क्षेत्रहरु र गोरखा एवं नुवाकोट दरबार क्षेत्रको वृहत्तर विकासका निम्ति गुरुयोजना तयारी कार्य अघि बढाइएको छ’ उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL