Logo

पुस ७ गतेदेखि मुग्लिन–नारायणगढ सडक दैनिक ४ घण्टा बन्द, सवारी आवागमनमा रोक

पुस ७ गतेदेखि मुग्लिन–नारायणगढ सडक दैनिक ४ घण्टा बन्द, सवारी आवागमनमा रोक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पुस ७ गतेदेखि मुग्लिन–नारायणगढ सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिने भएको छ । विश्व बैंकको सहयोगमा निर्माण भइरहेको सो सडकको कामलाई तिव्रता दिन सवारी आवागमन नै बन्द गर्न लागिएको आयोजनाद्वारा जारी सुचनामा उल्लेख छ ।

आयोजनाका अनुसार दैनिक ११ बजेदेखि ३ बजेसम्म सो सडकखण्डमा सवारी आवगमन बन्द गरिने छ । सडक विस्तारका क्रममा समस्या उत्पन्न हुने भएकाले पुरै सडक बन्द गरेर निर्माण गर्न लागिएको हो । अर्को सुचना जारी नभएसम्म दैनिक सोही समयमा सडक बन्द गरिने समेत आयोजनाले जानकारी दिएको छ ।

देशकै महत्वपूर्ण मानिएको सो सडकको निर्माणकार्य ढिलाई हुन गएमा देश र जनतालाइ नै असर पर्न जाने हुँदा सवारी आवागमन नै बन्द गरी तिव्र रुपमा काम गर्न लागिएको आयोजनाले जानकारी दिएको छ । सोका लागि बैकल्पिक बाटो प्रयोग गर्न नमिल्ने सवारीले सोही बमोजिम व्यवस्थापन गर्न समेत अनुृरोध गरेको छ । उक्त सडकखण्डको विस्तारकार्य २०७४ भदौसम्ममा सक्ने लक्ष्य लिइएको छ ।

सो सडकको १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ भने १६ किलोदेखि मुग्लिनसम्म ९ मिटर फराकिलो बनाइदैछ । सडक निर्माणको लागि विश्व बैंकले २ अर्ब ९० करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । मुग्लिन–नारायणगढ सडकखण्ड चीन भारत जोड्ने हाइवे अन्तरगत पर्दछ ।

muglin_narayangad_road

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL