Logo

अन्ततः फाष्ट ट्रयाक नेपालीले नै बनाउने, भारतीय कम्पनीसँगको सम्झौता खारेज

अन्ततः फाष्ट ट्रयाक नेपालीले नै बनाउने, भारतीय कम्पनीसँगको सम्झौता खारेज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लामो समयदेखि विवादमा रहेको काठमाडौं–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) नेपालीले नै बनाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले भारतीय कम्पनीसँग भएको सम्झौता खारेज गरेपछि नेपालीले नै बनाउने पक्का भएको हो ।

आज व्यवस्थापितक संसदको अर्थ तथा विकास समितिको संयुक्त बैठकमा बोल्दै मन्त्री लेखकले पूर्ववर्ती सरकारले फास्ट ट्रयाक निर्माण तथा सञ्चालनको जिम्मा भारतीय कम्पनी इन्फ्रास्टक्चर लिजिङ् एन्ड फाइनान्सियल सभिर्सेज (आइएल एन्ड एफएस) दिन लागेकोमा आफुले त्यसलाई खारेज गरिदिएको बताए । उनले मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि भारतीय कम्पनीसँग भएको सम्पूर्ण सम्झौता खारजे गरिदिएको जानकारी दिए । अब बस्ने मन्त्रीपरिषद्मा उक्त सम्झौता खारेज सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिने भएको छ ।

लेखकका अनुसार उक्त सडक निर्माणका लागि मोडालिटी तयारको सुझाव दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको नेतृत्वमा कमिटि गठन समेत गरिएको छ । अघिल्लो सरकारको पालामा सो आयोजना नेपालले नै बनाउने भन्दै १० अर्ब रुपैयाँ बजेत समेत विनियोजन गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL