Logo

प्रतिबन्ध अघि नै एलसी खोलेका जुस र इनर्जी ड्रिक्स आयात गर्न दिईने

प्रतिबन्ध अघि नै एलसी खोलेका जुस र इनर्जी ड्रिक्स आयात गर्न दिईने



काठमाडौं । सरकारले प्रतितपत्र (एलसी) खोलेका तथा भन्सार नाकामा आएर अड्किएका इनर्जी ड्रिक्स तथा जुसलाई आयात गर्न दिने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले असारको पहिलो हप्ता त्यस्ता बस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तर, आयातमा प्रतिबन्ध लगाए पनि आयात प्रक्रियामा रहेका वस्तु भने ल्याउन दिईने अर्थ सचिव डा. राजन खनालले जानकारी दिए ।

laxmi

‘प्रतिबन्ध हुनु अगावै एलसी खोलेर आयात प्रक्रियामा रहेका जुस तथा इनर्जी ड्रिक्स ल्याउन दिनका लागि उद्योग मन्त्री, अर्थमन्त्री र म सहित पटक पटक छलफल भइरहेको छ,’ उनले भने, ‘सम्भवत यसै हप्ता निकास निस्कनेछ र व्यवसायीहरुले त्यस्ता बस्तु आयात गर्न पाउनेछन् ।’

सरकारले आयातमा रोक लगाउँदा व्यवसायीहरुले एलसी खोलेका सामान ल्याउन नपाउदा करोडौं रकम डुब्ने भन्दै नेपाल समुन्द्रपार निकासी पैठारी संघ तथा अन्य व्यवसायीले त्यसलाई खुलाउन दबाब दिँदै आएका थिए । नेपाल चेम्बर अफ कमर्शमा भएको कार्यक्रममा अर्थ सचिव खनालले यस अघि आयात प्रक्रियामा हरेका जुस तथा नइर्जी ड्रिक्स ल्याउन दिने तर अन्यलाई भने पूर्ण रुपमा बन्देज लगाईने बताए ।

‘हामी जुस तथा नइर्जी ड्रिक्सले मानव स्वाथ्यमा असर गर्यो भन्छौं तर विहान उठ्नवित्तिकै त्यही पिउँछौं,’ उनले भने, ‘यसबाट मानव स्वास्थ्यमा असर पर्नुका साथै व्यापार घाटा उच्च रुपमा बढाएकाले आयातमा पूर्ण प्रतिवन्ध लगाएका हौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL