Logo

धनगढी पछि भद्रपुर विभानस्थलबाट रात्री उडान सेवा, यस्तो छ तयारी

धनगढी पछि भद्रपुर विभानस्थलबाट रात्री उडान सेवा, यस्तो छ तयारी



काठमाडौं । सरकारले भद्रपुर विमानस्थलबाट पनि नाइट फ्लाइट (रात्री उडान) सेवा सुरु गर्ने भएको छ ।

केही समयअघि मात्र धनगढीबाट रात्री उडान सेवा सुरु गरेकोमा केही समयभित्रै भद्रपुरबाट पनि रातीको उडान भर्ने तयारी गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । ‘हामीले यातायातका साधनलाई २४ सै घण्टा सञ्चालन गर्ने उद्देश्य अनुरुप आन्तरिक विमानस्थबाट रात्री उडान गर्ने प्रक्रियालाई अघि बढाएका छौं,’ उनले भने, ‘केही समयभित्रै झापाबाट पनि सुरु गर्ने छौं ।’

यसैगरी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले पनि भद्रपुर विमानस्थलबा रातीको उडान सेवा सुरु गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको जानकारी दिए । ‘पहिलो चरणमा हामीले ‘लो भिजिविलिटी’ बाट उडान सेवा सुरु गर्नेछौं जसले गर्दा जाहाज २ किलोमिटरभन्दा कमको भिजिविलिटिमा उडान गर्ने सकिनेछ,’ उनले भने, ‘त्यसपछि रात्री उडान सेवा सञ्चालन गर्ने छौं ।’ हाल भद्रपुरमा जाहाज ५ किलोमिटरको भिजिविलिटीमा मात्र ल्याण्ड गर्दै आएको छ । सो भिजिविलिटीको व्यवस्थासँगै जहाज २ किमीभन्दा कममा ल्याण्ड गर्न सक्नुका साथै सुरक्षाको दृष्टिकोणले पनि एकदमै राम्रो हुने उनको तर्क थियो ।

रात्री उडन सेवा सुरु गर्नका लागि सम्पूर्ण कागजात तयार भइसकेको र केही समयभित्रै ग्लोबल टेण्डर आब्हान गर्ने उनले जानकारी दिए । ‘नाईट फ्लाईटको लागि रनवेको वरिपरी बत्ती राख्नु पर्छ,’ उनले भने, ‘त्यसका लागि ग्लोबल टेण्डर गर्दैछौं ।’ प्रधानमन्त्रीको सयदिने कार्ययोजना भित्र भद्रपुर विमानस्थलबाट रातीको उडान भर्ने लक्ष्य अनुरुप काम अघि बढाइएको समेत उनले जानकारी दिए ।

हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, धनगडी, भैरहवा, सिमारा, नेपालगञ्ज, विराटनगर विमानस्थलबाट रात्री उडान भर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL