Logo

प्राइम लाईफले ल्यायो ३२.५ % बोनसको अफर, हकप्रद भर्नेले पनि पाउने

प्राइम लाईफले ल्यायो ३२.५ % बोनसको अफर, हकप्रद भर्नेले पनि पाउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई साढे ३२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको हिजो भएको संचालक समितिको निर्णले सेयरधनीलाई उक्त बोनस दिने निर्णय गरेको हो ।

प्राइमले हाल कायम रहेको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँलाई आधार मानेर उक्त बोनसको घोषणा गरेको हो ।

तर, सो बोनस हकप्रद भरेका लगानीकर्ताले पनि पाउने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । कम्पनीको नवौं र दशौं साधारणसभाले १ः१.६० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । हाल हकप्रद सेयर निष्काशनको प्रक्रियामा रहेको र उक्त हकप्रद सेयर निष्काशन पश्चात बोनस समायोजन गरी साढे १२ प्रतिशतका दरले हुन आउने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL