Logo

एकै दिन ३० अर्बको लगानी स्वीकृत, हेर्नुहोस कुन–कुन कम्पनी परे ?

एकै दिन ३० अर्बको लगानी स्वीकृत, हेर्नुहोस कुन–कुन कम्पनी परे ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लगानी सम्मेलनको पूर्व सन्ध्यामा उद्योग तथा लगानी प्रवद्र्धन बोर्डले बैंठकले ३० अर्ब रुपैयाँ बरावरको लगानी स्वीकृत गरेको छ । झण्डै ८ महिनादेखि विचाराधिन अवस्थामा रहेको उक्त प्रस्तावलाई बोर्डको आज वसेकोे २२ औं बैठकले स्वीकृति प्रदान गरेको हो ।

बोर्डले लगानी सम्मेलनको अघिल्लो दिन स्वदेशी तथा विदेशी कम्पनीका गरी ३० अर्ब रुपैयाँभन्दा बढीको लगानीलाई स्वीकृति प्रदान गरेको हो । उक्त लगानी स्वीकृतिसँगै भोलीदेखि हुने लगानी सम्मेलनमा आउने विदेशी दाताहरुलाई लगानी गर्न प्रोत्साहन मिल्ने बोर्डको दावी छ । आज बसेको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ ।

बैठकले सोल्टी होटल, अर्घाखाँची सिमेन्ट, लाङटाङ भोटेकोशी हाइड्रोपावर तथा सर्वोत्तम सिमेन्टको पूँजी बृद्धि तथा क्षमता विस्तारका लागि स्वीकृति प्रदान गरेको हो ।

यसैगरी सिनो हाइड्रो सगरमाथा पावर कम्पनीकोे पूँजी वृद्धि गर्न स्वीकृत दिने निर्णय गरेको छ भने श्वेतगंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन उद्योगमा विदेशी लगानी भित्र्याउन स्वीकृति प्रदान गरेको छ ।

आजै भएको बैठकले उद्योग संचालनको म्याद थप सम्वन्धमा नीतिगत व्यवस्था गर्न कानूनी राय माग्ने निर्णय समेत गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL