Logo

दैनिक १ अर्ब ९० करोडको रेमिट्यान्स, बचत छैन घरखर्चमै ठिक्क

दैनिक १ अर्ब ९० करोडको रेमिट्यान्स, बचत छैन घरखर्चमै ठिक्क


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । वैदेशिक रोजगारीबाट दैनिक १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्र्ने गरेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्याङ्कलाई आधार मान्दा नेपालमा दैनिक सो वरावर रकम रेमिट्यान्स वापत भित्रने गरेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार रेमिट्यान्स बृद्धिदर गत आवको तुलनामा १२ प्रतिशतले घट्दै कुल ३ खर्ब ४२ अर्ब २३ करोड रुपैयाँ भित्रिएको छ । सो रकमलाई आधारमान्दा दैनिक सो वरावर रकम भित्रिएको हो । गत आवको तुलनामा चालू आवमा दैनिक भित्रने रेमिट्यान्स १० करोड रुपैयाँले बढेको छ ।
बैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएसँगै नेपाल भित्र्ने रेमिट्यान्सको बृद्धिदर घटेको हो । चालू आवको पहिलो ६ महिनामा १ लाख ८९ हजार जना कामदार बैदेशिक रोजगारीमा पुगेका छन् । यो गतआवको सोही अवधिको तुलनामा १० प्रतिशतले कम हो । गत आवको सोही अवधिमा पनि वैदेशिक रोजारीमा जाने कामदार २२ प्रतिशतले गिरावट आएको थियो ।
वैदेशिक रोजगारीबाट दैनिक झण्डै २ अर्ब रुपैयाँ भित्रिए पनि बचत भने एकदमै न्युन रहेको छ । नेपालबाट खाडी तथा मलेशियाको रोजगारीमा जाने कामदारहरु आफ्नो घरखर्च संचालन र बालवच्चाको शिक्षाको लागि कमाउन जाने गरेका र जसले गर्दा बचत नभएको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा श्रम तथा रोजगार विज्ञ डा. गणेश गुरुङ बताउँछन् ।

अहिले नेपाली कामदार बैदेशिक रोजगारीमा गएकै कारण नेपालको गरिवीको संख्या घट्नुका साथै पौष्टिक आहार पाउने घर परिवारको संख्या बढेको छ,’ उनले भने, ‘खाडी तथा मलेशियामा गएका कामदारसँग पूर्वाधारमा लगानीको लागि रकम खोज्नु भनेको उनीहरुलाई नखाइकन बस भन्नु हो ।’ साथै पछिल्लो समय बैकिङ प्रणालीभन्दा पनि हुण्डीमार्फत भित्रनेक्रम बढेकाले समेत रेमिट्यान्स बृद्धिदर उच्च रुपमा घटेको उनको तर्क छ ।

उनका अनुसार त्यसरी भित्रिएको रकम घरजग्गा किन्ने तथा बालबच्चाको शिक्षामा ठिक्क हुने भएकोले बचत एकदमै न्युन रहेको उनको तर्क छ । केही समय अघि नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले नेपाल भित्र्ने कुल रेमिट्यान्सको ७ प्रतिशत जनि रकम बचत हुने गरेका तथ्याङ्क सार्वजनिक गरेको थियो । तर, राष्ट्र बैंकले एकदमै न्युन ‘स्याम्पल’ बाट तथ्याङ्क निकालेकाले त्यसले सबैको प्रतिनिधित्व नगर्ने उनको तर्क छ ।

नेपाली कामदारको गएको कोरिया तथा जापानजस्ता बढी आम्दानी हुने मुलुकबाट अनौपचारिक प्रणालीबाट रेमिट्यान्स भित्र्ने गरेको छ । यसैगरी नेपाल मुद्रा बिप्रषक संघका महासविच तथा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल भने रेमिट्यान्सको बचत केही बढेको बताउँछन् । पछिल्लो समय आफुहरुले बैंकहरुले बचतमा प्रोत्साहन गर्ने लक्ष्य अनुरुप रेमिट खातामा बढी व्याज दिने गरेको समेत उनले जानकारी दिए । तर, सम्बन्धित रेमिट कम्पनीले नै बचतका लागि कुनै योजना ल्याउन नसक्ने उनको तर्क छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL