Logo

पानीमा बढ्दैछ जनताको लगानी, सवा ३ अर्बको प्रतिबद्धता

पानीमा बढ्दैछ जनताको लगानी, सवा ३ अर्बको प्रतिबद्धता


रक्षा रेग्मी
27
Shares

काठमाडौं । उर्जा मन्त्रालयले शुरु गरेको  नेपालको पानी जनताको लगानी अभियानमा जनताले ३ अर्व १६ करोड ९८ लाख रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता लगानी प्रतिबद्धता जनाएका छन  । उर्जा मन्त्रालयले बिहीवारसम्म सो बराबरको प्रतिवद्धता आएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार लगानीका लागि जम्मा २७ हजार ७ सय ओटा प्रतिवद्धता आएका छन् । जसमध्ये व्यक्तितर्फ २७ हजार ७ सय र कम्पनी तर्फ ३६ ओटा छन् ।

मन्त्रालयका अनुसार व्यक्तिगततर्फ ३ अर्व १ करोड ६७ लाख रुपैयाँ र कम्पनीबाट १५ करोड ३१ लाखको प्रतिवद्धता आएको हो । उर्जा मन्त्रालयले पुस २८ गतेदेखि खुलेको अनलाइन मार्फत लगानी आवह्वान गरेको थियो । मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार विदेशमा रहेका नेपाली तथा नेपाली जनताको लगानीको प्रतिवद्धता छ । सरकारले विद्युत क्षेत्रको तिव्र विकासमा जनताको प्रत्यक्ष सहभागीता गराउन सो अभियान सञ्चालन गरेको हो ।

यसमा शुरुमा जनताको लगानी र विस्तारै लोन लिने वा आवश्यक परेको अवस्थामा अन्तरराष्ट्रिय लगानी पनि भित्र्याउने योजना रहेको उर्जा मन्त्री जर्नादन शर्माले जानकारी दिए । ‘नेपाली जनता यो अभियानको पहिलो प्राथमिकता रहनेछ’ उनले भने ।

प्रदेशअनुसार परियोजनामा लगानीका लागि योजना बनाइएको मन्त्री शर्माले जानकारी दिए । ‘माथिल्लो अरुण र तल्लो अरुण परियोजना चाँडैनै अघि बढाउने तयारीमा छ,’ उनले भने, ‘जसअनुसार तल्लो र माथिल्लो अरुणमा १ प्रदेशको जनताको लगानी रहने छ ।’

त्यस्तै तमोर र कमला डाइभर्सनमा २ नम्वर प्रदेशका जनताको लगानीलाई केन्द्रित गर्ने योजना बनाएको उनले बताए । दुधकोसीमा परियोजनामा ३ नम्वर प्रदेशका जनताले लगानी गर्ने छन् । प्रदेश नम्वर ४ का जनताले बुढीगण्डकी र काली गण्डकीमा लगानी गर्न सक्ने उर्जा मन्त्री शर्माले जानकारी दिए । बुढीगण्डकी परियोजनामा मुआव्जाको काम चाँडै नै शुरु गरिने छ ।

प्रदेश नम्वर ५ मा नौमुरे र माडी परियोजना छन् । ६ नम्बरका जनताले नलसिंहगाढ र उत्तरगंगामा र ७ का जनताले पश्चिम सेतीमा लगानी गर्न सक्नेछन् । ती आयोजनाबाट आउने नाफा तथा प्रतिफल जनताले लिनेछन् ।

उर्जा मन्त्रालयले उज्यालो नेपाल अभियान अन्तर्गत ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम ल्याउन लागेको हो । नेपाललाई आर्थिक समृद्धिमा लैजानका लागि यो कार्यक्रम लागु गरिएको हो । लोडसेडिङ कम गर्न मात्र सिमित नभइ जलविद्युतमा जनताको सहभागीता गराउने उद्देश्यसहित कार्यक्रम अघि सारिएको मन्त्री शर्माले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL