Logo

याक एण्ड यतीले बुझेन महानगरको पत्र, सोमबार होटलको गेटमा सुचना टास्दै

याक एण्ड यतीले बुझेन महानगरको पत्र, सोमबार होटलको गेटमा सुचना टास्दै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । दरबारमार्गमा रहेको याक एण्ड यती होटलले काठमाडौं महानगरपालिकाले कारवाहीका लागि पठाएको पत्र बुझ्न अटेर गरेको छ । वडा कार्यलयले आज होटलमै चिठी बुझाउन गएपनि होटलले बुझ्न नमानेपछि कर्मचारी त्यसै फर्कन वाध्य भएका छन् । आइतवार काठमाडौं महानगरपालिका वडा नम्वर ६ स्थित कार्यलयका कर्मचारी गीतावल्लभ रिमालले होटलमा पुर्याएको चिठी त्यहाँका कर्मचारीले नबुझी त्यतिकै फर्काएको कार्यलयका प्रशासनिक प्रमुख चन्द्र गोपाल प्रधानले जानकारी दिए ।

वडा कार्यलयले याक एण्ड यतीलाई घर वहाल, सवारीलगायतका कर नतिरेको भन्दै स्थानीय स्वायत्त शासन ऐन, २०५५ को ऐनको१६५(२) अनुसार कारवाही प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो । चिठीमा आजको म्यादले ३० दिनभित्र सवै कर नबुझाए कारवाहीको प्रक्रिया अघि बढाइने उल्लेख छ । तर सो चिठी लिन नमानेपछि कार्यलयको कर्मचारी त्यसै फर्किएको हो । सोमवार होटलको गेटमा चिठी टास्ने कार्यक्रम रहेको प्रधानले जानकारी दिए ।

होटलले पछि मुद्दा हालेमा हार्ने सम्भावना नहुने भन्दै महानगरपालिकाले होटललाई कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाएको हो । ‘कानुनी प्रक्रिया लामो भएपनि सोही अनुरुप कारवाही अघि बढाउछौं,’ उनले भने,‘जुन हाम्रा लागि वलियो आधार हो ।’

याक एण्ड यतीले कारवाहीको प्रक्रिया लम्व्याउने हेतुले पत्र नबुझेको महानगरपालिकाका राजस्व शाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए । पटकपटक सूचना पठाउँदा पनि कर नतिरेको भन्दै महानगरले कात्तिक अन्तिम साता ३५ दिनको म्याद दिएको थियो । तर सो को केही उत्तर नआएपछि कारवाही प्रक्रिया अघि बढाएको हो ।

सो अवधिमा पनि नतिरेमा महानगरपालिकाले पत्रिकामा सूचना प्रकाशित गरी सेवा बन्द गर्ने बताइएको छ । त्यसको ७ देखि १५ दिनभित्र नबुझाएको खण्डमा सम्पूर्ण सेवाहरु बन्द गर्नुका साथै महानगरपालिकाले होटल तालाबन्दी नै गर्ने जानकारी दिए ।

महानगरका अनुसार याक एण्ड यतीले यूएन एजेन्सीलाई भवन भाडामा दिएकाले त्यसको बहाल कर र केही जग्गाहरु समेत भाडामा लिएकोले सोको पनि घरजग्गा कर तिर्नुपर्ने हुन्छ ।

महानगरले ती सवै कर निर्देशन दिएपनि अटेरी गर्दै आएको उनले जानकारी दिए । होटलले करको विवरण बुझाइसकेको भएपनि उक्त विवरणसमेत गलत रहेको महानगरको ठहर छ । उनका अनुसार याक एन्ड यतीले कर तिर्नुपर्ने समय २० वर्ष पुगिसकेको भएपनि दुई वर्षअघि रु १० लाख मात्र दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL