Logo

आज ४ बजे मन्त्रिपरिषद बैठक बस्दै, आजै नयाँ आइजिपी नियुक्त हुने सम्भावना

आज ४ बजे मन्त्रिपरिषद बैठक बस्दै, आजै नयाँ आइजिपी नियुक्त हुने सम्भावना



काठमाडौं । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक ९आइजिपी० छनोट गर्ने सम्भावना रहेकोे गृह मन्त्रालय स्रोतले जनाएको छ ।

laxmi

‘मन्त्रिपरिषदको आज ४ बजे बैठक बस्दैछ । बैठकका अनेक एजेन्डामध्ये आइजिपी नियुक्त प्रमुख हुने सम्भावना छ’, स्रोतले भन्यो, ‘आजै आइजिपी नियुक्ति हुने शतप्रशित ग्यारेन्टी नभए पनि सम्भावना भने प्रबल छ ।’

प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।

नयाँ महानिरीक्षककोे दौडमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । वरिष्ठताको हिसाबले क्षेत्रीको सम्भावना प्रबल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL