Logo

हवाई यात्रुलाई प्राधिकरणको नयाँ नियम लागू, नियम पालना नगरे विमानस्थलबाटै फिर्ता

हवाई यात्रुलाई प्राधिकरणको नयाँ नियम लागू, नियम पालना नगरे विमानस्थलबाटै फिर्ता



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुका लागि कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले कोभिड १९ को महामारीकाबीच हवाई यात्रालाई सुरक्षित बनाउने गरी हवाई यात्रुका लागि उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको हो ।

laxmi

विमानस्थलबाट कसैलाई कोरोना संक्रमण नफैलियोस भनेर प्राधिकरणले उक्त निर्देशिका लागू गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन । उनका अनुसार कसैले उक्त नियमपालना नगरे विमानस्थलबाटै फर्कनु पर्ने छ ।

पहिलो चरणमा ल्याइएको सुरक्षा निर्देशिकालाई विकसित परिस्थितिअनुसार संशोधन गर्दै जाने प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणले हवाई यात्रामा जोडिने सबै सरोकारवालाले पालना गर्नुपर्ने विषय समेटेर सुरक्षा निर्देशिका बनाएको छ । उक्त निर्देशिका आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा लागू हुने छ ।

निर्देशिका अनुसार यात्रुले टिकट र बोर्डिङ पाससँगै कोभिड १९ को स्वघोषणा पत्रसमेत भर्नु पर्ने छ । जसमा यात्रुले कोभिड चेकचाँज गरे नगरेको, स्वास्थ्य समस्या भए नभएको जस्ता विवरणहरू राखिएका छन् । यात्रुले जस्तै उडान कर्मचारीलाई समेत स्वघोषणाको आवश्यकता पर्नेछ । त्यस्तो घोषणापत्रमा झूटा विवरण राखेर हवाई यात्रा गरे कानुनी कारबाही भोग्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ ।

रुघाखोकी, १००.४ फरेनहाइड ज्वरो, सास फेर्न कठिन हुनेलगायतका समस्या भएमा यात्रुलाई जहाज चढ्ने अनुमति मिल्ने छैन । साथै ७० वर्षभन्दा माथि, गर्भवती र गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका व्यक्तिले समेत सम्भव भएसम्म हवाई यात्रा नगर्न प्राधिकरणले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL