Logo

बिहीबार ४ बजे बजेट भाषण शुरु हुने, ३:४५ बजेअगावै संसदमा उपस्थित भइसक्नुपर्ने

बिहीबार ४ बजे बजेट भाषण शुरु हुने, ३:४५ बजेअगावै संसदमा उपस्थित भइसक्नुपर्ने



काठमाडौ‌ । आगामी आर्थिक वर्ष २०७७र७८ को राजश्व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।

laxmi

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरे।
नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

आजको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका लागि सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL