Logo

नेपालमा क्लिनफिड लागु हुँदा भारतीय प्रसारकहरु चिन्तित, भन्छन यसले हित गर्दैन

नेपालमा क्लिनफिड लागु हुँदा भारतीय प्रसारकहरु चिन्तित, भन्छन यसले हित गर्दैन



काठमाडौं । नेपालमा क्लिन फिड लागु हुने भएपछि भारतीय टेलिभिजन प्रसारकहरु चिन्तित बनेका छन । नेपालले विदेशी च्यानलहरु विज्ञापनरहित चलाउने नीति ल्याएपछि भारतीय टेलिभिजन प्रस्तुतकर्ताहरु चिन्तित भएका हुन ।

laxmi

नेपालमा ठुलो संख्यामा भारतीय टिभी च्यानलहरु प्रसारित हुने गरेका छन । भारतीय प्रसारकहरुले नेपालमा क्लिनफिड लागु गरिनु प्रविधिमाथिको हस्तक्षेप तथा गहिरो ध्यानाकर्षण भएको बताएका छन ।

नेपालमा विज्ञापन नियमन विधेयक पारित भईसकेको छ । सोही विधेयक अनुसार नेपालमा चल्ने विदेशी टिभी च्यानलहरुमा विज्ञापन बजाउन पाईनेछैन र नेपाली च्यानलमा पनि विदेशी विज्ञापनलाई नेपालीमा उल्था गरेर चलाउन पाईनेछैन ।

ईन्डियन ब्रोडकास्टिङ फाउन्डेसन(आईबीएफ)ले भारतस्थित सुचना, प्रसारण र विदेशी मामला मन्त्रालयमा नेपालले गरेको निर्णयले आफ्ना च्यानलहरु नेपालमा बन्द गर्न बाध्य पार्ने र पाईरेसीको सम्भावना बढ्ने भन्दै पत्र पठाएको छ ।

आईबीएफले आफ्नो पत्रमा नेपालले गरेको क्लिनफिड ब्यवसायीक रुपमा ब्यवहारिक नभएको बताएको छ । उसले आफ्नो पत्रमा भनेको छ, ‘नेपाल एक बढदो बजार भएको देश हो जहाँ टेलिभिजनमार्फत प्रति दर्शक राजस्व एकदमै न्युन रहेको छ, त्यसैले क्लिनफिड लागु गरिनु नेपालकै लागि बेफाईदाको विषय हो ।’

यस्तै आईबीएफले आफ्ना च्यानलहरुको पाईरेसी बढ्ने चिन्तासमेत उक्त पत्रमा ब्यक्त गरेको छ । ‘नेपालको यो कदमले नेपालमा चल्ने हाम्रा च्यानलहरुमा कटौती हुने सम्भावना बढेको छ, यसले हाम्रो कन्टेन्ट चोरी हुने सम्भावना बढ्ने देखिन्छ ।’ पत्रमा लेखिएको छ । यस्तै पत्रमा यस्तो पाईरेसीले नेपाल र भारत दुवै देशमा राजस्वमा समेत नकारात्मक असर पर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL