Logo

बन्द भयो मुस्ताङ म्याक्स,२ सयको रोजगारी गुम्यो

बन्द भयो मुस्ताङ म्याक्स,२ सयको रोजगारी गुम्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ पुस, काठमाडौं । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निकै चर्चामा आएको गाडी निर्माता कम्पनी ‘हुलास मोटर्स’ अन्तत बन्द भएको छ । नेपालको एक मात्र गाडी निर्माता कम्पनी हुलास मोटर्सले आफ्नो उत्पादन बन्द भएको जानकारी गराएको छ । कम्पनीले मुस्ताङ भिटू तथा मुस्ताङ म्याक्स गाडी उत्पादन गर्दै अएको थियो ।

कम्पनीले आज एक कार्यक्रमकाबीच आफ्नो उत्पादन बन्द गरेको जानकारी गराएको हो । पछिल्लो समय हुलास मोटर्स कम्पनीको मुस्ताङ म्याक्स जीपले नेपाली अटो बजारमा निकै चर्चा कमाएको थियो । तर, त्यो चर्चा धेरै टिक्न सकेन ।

हुलास मोटर्स प्रालिले आज पत्रकार सम्मेलन गरी हुलास मुस्ताङग भिटू र हुलास म्याक्स गाडी उत्पादन वन्द गरेको जानकारी दिएको हो । सरकारको नीतिका कारण मोटर्सको उत्पादन बन्द गर्न  वाध्य हुनुपरेको कम्पनीका प्रवन्ध सञ्चालक सुरन्द्र गोल्छाले बताए । २०५४ सालदेखी मोटर उत्पादन गदै आएको हुलासले शेर्पा  मुस्ताङ भिटू हुदै मुस्ताङ म्याक्ससम्मको मोडेल उत्पादन गदै आएको थियो ।

mustan-max

सरकारले लागू गरेको सवारी प्रदुषण मापदण्ड पूरा गर्न लाग्ने समय नदिएकै कारण कम्पनी नै बन्द गर्ने निर्णय गरेको उनको भनाइ थियो । ‘हामीले सवारी प्रदुषण मापदण्डमा जानका लागि थप १ वर्षको समय मागेका थियो तर सरकारले नदिएपछि उत्पादन बन्द गर्नु प¥यो,’ उनले भने । सरकाले झण्डै ३ वर्ष अघि सवारी प्रदुषण मापदण्ड २०६९ जारी गरेको  थियो । त्यतिवेला हुलास मोटरलाई उक्त मापदण्डमा जानका लागि २ वर्षको समय दिइएको थियो । तर, थप १ वर्षको समय माग गरेकामा सरकारले त्यो समय नदिएपछि मुलुककै गौरवका रुपमा स्थापित भएको उत्पादन वन्दको स्थितीमा पुगेको छ गाल्छाले जानकारी दिए ।

४ करोड लगानीको सो उद्योगले उत्पादन बन्द गर्ने निर्णसँगै २ सय कामदारले रोजगारी गुमाएका छन् । गाडी उत्पादन बन्द गरेपनिसभिर्स सेन्टर चाही सुचारु नै रहेने कम्पनीका महाप्रवन्धक प्रफुल्लचन्द्र दासले जानकारी दिए ।

हाल कम्पनीको १४ ओटा डिलर र १ सय १५ ओटा सभिर्स सेन्टर मार्फत सेवा दिँदै आएको छ । हाल नेपाल मुस्ताङग शेर्पा र मुस्ताङग म्याक्स गरी १ हजार ४ सय गाडी बजारमा रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL