Logo

सरकारी जागिर खाने हो ?, सशस्त्र प्रहरीले माग्यो ३२९७ जना प्रहरी जवान

सरकारी जागिर खाने हो ?, सशस्त्र प्रहरीले माग्यो ३२९७ जना प्रहरी जवान



काठमाडौ । सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवानको माग गरेको छ । सशस्त्रले आज एक सूचना प्रकाशित गर्दै ३ हजार २ सय ९७ जना प्रहरी जवानको माग गरहेको हो ।

laxmi

सशस्त्रले खुला तथा समावेशीमा गरी सो संख्यामा आवेदन माग गरेको हो । जस अनुसार खुलातर्फ सबैभन्दा बढी १ हजार ७ सय ७७, महिला २ सय ९७, आदिवासी जनजाति ४ सय ७५, मधेसी ४ सय १६, दलित २ सय २२, पिछडिएको क्षेत्र ७४ र अमर अशक्त प्रहरीका सन्ततिका लागि ३६ कोटा निर्धारण गरिएको छ ।

सो पदमा न्युनतम कक्षा ८ उत्तीर्ण गरेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । जसका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ ।

उक्त पदमा चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL