Logo

२० दिनभित्र वैदेशिक रोजगारीमा अनलाई प्रणाली, साउनदेखि न्युनतम ज्याला कार्यान्वयनमा

२० दिनभित्र वैदेशिक रोजगारीमा अनलाई प्रणाली, साउनदेखि न्युनतम ज्याला कार्यान्वयनमा


रासस
0
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न २० दिनभित्र अनलाइन प्रणाली लागू गरिने बताएका छन ।

मन्त्री विष्टले मातहतका सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा २० दिनभित्र नै अनलाइन प्रणाली लागू गर्ने बताएका हुन ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथी छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारीमा भएका ठगी र विकृति नियन्त्रण गर्न उक्त प्रणाली प्रभावकारी हुने बताएको हो ।

वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन आवश्यक कानूनी सुधारको प्रक्रिया अन्तिम चरणमा पुर्याएको जानकारी दिएको हो ।

उनले आगामी वर्षमा कम्तीमा न्यूनतम १ लाख व्यक्तिलाई स्वदेशमै रोजगारी दिने र ५ वर्षमा बाध्यकारीरुपमा रोजगारीका लागि विदेश जान नपर्ने गरी आन्तरिक रोजगारीका अवसर पर्याप्त सिर्जना गर्ने वातावरण बनाउने बताएका छन ।

बैदेशिक रोजगारीमा रहेका ११ हजार ९३ जना युवाले दिएका उजुरीमध्ये ७ हजार ७ सय ४८ उजुरी फस्र्योट गरेको पनि उनले जानकारी दिएका छन ।

सातवटै प्रदेशमा श्रम स्वीकृति दिइने र स्वीकृतिबिना घरेलु कामदारमा पनि नजाने नीति ल्याइएको तथा आउँदो साउनदेखि श्रमिकको न्यूनतम तलब लागू गरिने मन्त्री विष्टले जानकारी दिएका छन ।

‘वैदेशिक रोजगारीका क्षेत्रमा हुने कुनै पनि ठगी र एकाधिकार रोक्न सरकार कडा कदम चाल्न पछि पर्ने छैन, युवाको रगत र पसिनामा लुट र ठगीको धन्दालाई जस्तोसुकै अवस्थामा पनि छाडिनेछैन’, मन्त्री विष्टले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL