Logo

विदेशबाट फर्किएका नेपालीले खोले ‘फोरेन’, विदेशी सिप नेपालको विकासमा लगाइने

विदेशबाट फर्किएका नेपालीले खोले ‘फोरेन’, विदेशी सिप नेपालको विकासमा लगाइने



काठमाडौं । विभिन्न उद्देश्यसहित विदेशमा बसेर नेपाल फर्किएका व्यक्तिलाई स्वदेशमै राख्ने लक्ष्यसहित ‘फरेन रिटर्न नेप्लिज फर नेपाल(फोरेन)’ नामक गैर नाफामुलक संस्था गठन भएको छ । पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरको नेतृत्वमा गठन भएको यस संस्थाले नेपालमै केहि गर्ने चाहना सहित फर्किएका व्यक्तिलार्ई योगदानका लागि सहयोग पुर्याउने जनाएको छ । संस्थाको बुधबार रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे ।

फोरेन मातहतमा विभिन्न विषयगत उप समिती गठन गरेर विज्ञको टोली बनाउने लक्ष्य राखिएको छ । सो टोलीले विदेशबाट फर्किएका नेपालीलाई व्यवसाय दर्तादेखि रोजगारी सिर्जना गर्ने विषयमा आवश्यक सुझाव दिनेछ । संस्थाले अबको केहि समयमै सदस्यता खुला गर्ने जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL