Logo

जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा, नेपालमा पैसा पठाउन सहज

जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा, नेपालमा पैसा पठाउन सहज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमई क्योदाईले जापानको फुकुओकामा नयाँ शाखा संचालनमा ल्याएको छ । जापानवाट नेपाललगायत विश्वका बिभिन्न देशहरुमा रेमिटेन्स कारोवार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापान स्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख एवम् एनआरएन जापानका उपाध्यक्ष टंक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ गरिएको हो । विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नाम आउने हुँदा यसको छुट्टै पहिचान रहेको बताउदै पैसा पठाउने बिश्वाशिलो र भरपर्दो ब्राण्डको रुपमा आइएमईलाई लिएको बताए ।

टोकियो पछि नेपाली विद्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको हुनाले उनीहरुको सहजताका लागि शाखा विस्तार गरिएको हाकाता शाखा प्रमुख रामकृष्ण श्रेष्ठले बताए । नयाँ शाखा विस्तारसँगै क्योदाई रेमिटेन्स ले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुको लागि विशेष अवसरमा हुने छलफलमा निशुल्क बैठक हल उपलब्ध गराउने समेत बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL