Logo

कतारबाट पठाएको रेमिटेन्स सम्साराबाट भुक्तानी, सम्सारा रेमिट र अलमिराकबीच सम्झौता

कतारबाट पठाएको रेमिटेन्स सम्साराबाट भुक्तानी, सम्सारा रेमिट र अलमिराकबीच सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संम्सारा रेमिट र अलमिराक रेमिटबीच रेमिटेन्स सम्झौता भएको छ । नेपालमा खाडी मुलुकबाट आउने रेमिटेन्सलाई सहज रुपमा बैंकिङ प्रणालीमार्फत भित्र्याउन यी दुई संस्थाबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार कतारस्थित अलमिराकबाट पठाएको रकम नेपाल स्थित संम्साराबाट प्राप्त गर्न सकिनेछ । कतारस्थित अलमिराकको ७ वटा शाखाबाट नेपाली कामदारले रेमिटेन्स पठाउन सक्नेछन् । उक्त रेमिट्यान्स नेपालस्थित सम्साराको ४ हजार २ सयभन्दा बढी ऐजेन्टमार्फत भुक्तानी लिन सकिने छ ।

सो सम्झौता पत्रमा संम्साराका कार्यकारी उपाध्यक्ष जीबनबावु श्रेष्ठ र अलमिराकका महाप्रबन्धक आयुक चोरावले हस्ताक्षर गरेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL