Logo

१० स्थानबाट कोरियाली भाषा परिक्षाको फारम संकल, उपत्यका वाहिर ५ स्थान

१० स्थानबाट कोरियाली भाषा परिक्षाको फारम संकल, उपत्यका वाहिर ५ स्थान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोरियाली भाषा परीक्षाको लागि विभिन्न १० स्थानबाट फारक संकलन गरिने भएको छ । उपत्यकाका ५ र उपत्यका वाहिरका विभिन्न ५ स्थानबाट फारम संकलन गर्ने तयारी गरिएको इपीएस शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए ।

शुरुका दिनमा उपत्यकाबाट मात्र फारम संकलन गरिएकोमा वाहिरबाट पनि चाप बढेपनि विभिन्न जिल्लामा संकलन केन्द्र राखिएको शाखाले जानकारी दिएको छ । हाल काठमाडौं उपत्यका डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा आवदेन संकलनको राखिने भएको छ । उपत्यकामा वनकालीस्थित नेपाल वेद विद्याश्रम संस्कृत मावि, महाराजगञ्जको काठमाडौं भ्याली उच्च मावि र कीर्तिपुरको ल्याबरोटरी उच्च माविमा, सातदोबाटोको महेन्द्र आदर्श विद्याश्रम र बालकुमारीको च्यासल फुटबल खेल मैदानबाट फारम वितरण तथा संकलन हुनेछ ।

कोरियाली भाषा परीक्षाको लागि यही वैशाख १५ गतेदेखि १८ गतेसम्म फारम भर्नुपर्ने छ । प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म संकलन गरिने छ ।

आवेदन भर्न मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरिएको छ । यसवर्ष फारम भर्दा आवेदकले उत्पादनमूलक समूहभित्रका एसेम्बल, मेजर्स, ज्वाइनमध्ये एक समूह रोज्नुपर्ने छ । यस्तै कृषिमा पनि कृषि र पशुपालनमध्ये एक रोज्नुपर्नेछ ।

कोरियन भाषा परीक्षा भने आगामी असार ४ र ५ आइतबार गते सञ्चालन हुनेछ । एक दिनमा दुई सिफ्ट गरी परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ । परीक्षा भने कामठमाडौं र पोखरामा मात्र संचालन गरिने भएको छ । सन् २००८ देखि इपीएस अन्तरगत नेपाली कामदारहरु कोरियाको रोजगारीमा जाँदै आएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL