Logo

लकडाउनका कारण २० लाख नेपालीको रोजगारी संकटमा, यस्तो छ आइएलओको निष्कर्ष

लकडाउनका कारण २० लाख नेपालीको रोजगारी संकटमा, यस्तो छ आइएलओको निष्कर्ष



काठमाडौं । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को अध्ययनअनुसार २० लाख नेपालीको रोजगारी संकटमा परेको छ । कोरोना भाईरसका कारण लकडाउन भए पछि २० लाख नेपालीको रोजगारी संकटमा परेको उक्त अध्ययनले देखाएको हो । आइएलओका अनुसार १६ देखि २० लाख नेपालीको लकडाउनका कारण रोजगारी संकटमा परेको हो ।

laxmi

उक्त अध्ययनअनुसार रोजगारी गुमाउनेमा महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको पाईएको छ । २० लाखमध्ये १३ लाख पुरुषको रोजगारी संकटमा पर्ने अनुमान संगठनले गरेको छ । होलसेल र रिटेल, विकास निर्माण, यातायात, ढुवानी जस्ता क्षेत्रमा काम गर्नेको रोजगारी प्रभावित भएको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार पर्यटन क्षेत्रका श्रमिकहरु धेरै प्रभावित भएका छन । त्यस्तै घरबाटै काम गर्ने १४ लाख बढी महिलाहरुको आम्दानी ठप्प भएको आइएलओले जानकारी दिएको छ ।

लकडाउनका कारण विदेशमा गएका नेपालीहरु फर्किन नपाएकाले बेरोजगारी धेरै ठूलो समस्याको रुपमा नदेखिएपनि खास समस्या भने अब देखिने आइएलओले चेतावनी दिएको छ । विश्भवर ३५ लाख बढी नेपाली कार्यरत भएको र उनीहरुको रोजगारी पनि संकटमा परेकाले नेपाल फर्किनेवित्तिकै बेरोजगारीको संख्या भयाबह हुनसक्ने अध्ययनले देखाएको छ ।

नेपालमा अधिकांस रोजगारी अनौपचारिक भएको र त्यही क्षेत्रका श्रमिक कर्मचारि लकडाउनका कारण धेरै प्रभावित भएका आइएलओले अनुमान गरेको छ । आइएलओका अनुसार नेपालमा ५७ लाखले तोकिएका न्यूनतम सुविधा विना काम गर्छन । यसरी सबैभन्दा धेरै निर्माण क्षेत्रमा ९७ प्रतिशत, उत्पादनमा ८४, व्यापारमा ७४ प्रतिशत सहभागी छन ।

प्रतिक्रिया दिनुहोस्
MBL