Logo

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, ७९ प्रतिशतमात्र उत्तीर्ण

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, ७९ प्रतिशतमात्र उत्तीर्ण


बिजखबर संवाददाता
54
Shares

काठमाडौं  । कक्षा १२ को विज्ञान  समुहको नतिजा सार्बजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार विज्ञान समूहको नतिजा प्रकाशन गरेको हो ।
सार्बजनिक नतिजा अनुसार विज्ञान समुहतर्फ  ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत बैशाखमा भएको परीक्षामा ४४ हजार ८ सय ९७ जना सहभागी थिए । जसमध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी उत्तीर्ण भएका हुन् ।

त्यस्तै आंशिकतर्फ ४३ प्रतशित विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिक परीक्षामा ९ हजार ४ सय ८९ जना सहभागी भएकोका थिए । तीमध्ये ४ हजार १ सय ३७ जना उत्तीर्ण भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL