Logo

तनहुँमा लक्ष्य भन्दा बढी राजश्व संकलन, ४ जिल्लाका ३० हजार करदाता करको दायरामा

तनहुँमा लक्ष्य भन्दा बढी राजश्व संकलन, ४ जिल्लाका ३० हजार करदाता करको दायरामा



काठमाडौं । आन्तरिक राजश्व कार्यालय तनहुँले आर्थिक बर्ष ०७५/७६ मा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले आव ०७५/७६ मा लक्ष्य भन्दा बढी १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।

laxmi

कार्यालयले आव ०७४/७५ मा ४८ करोड २४ लाख ५७ हजार राजश्व संकलन गरेको थियो भने आव ०७५/७६ मा ५ अर्ब ३० करोड ८ लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत सूर्यप्रसाद सेढाईंका अनुसार ५ अर्ब १९ करोड ५२ लाख रुपैयाँ राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी राजश्व संकलन भएको छ । उनले भने, ‘यसरी बढी राजश्व संकलन गर्नेमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालय रहेका छन् ।’

करदाता सेवा कार्यालयका रूपमा रहेर सेवा प्रवाह गर्दै आएको उक्त कार्यालयलाई विसं ०७५ असार २० गतेदेखि आन्तरिक राजश्व कार्यालयमा स्तरोन्नति गरिएको थियो ।

त्यसतै उक्त आन्तरिक राजश्व कार्यालयमा ४ जिल्लाका करीब ३० हजार करदाता करको दायरामा आएको कार्यालयले जानकारी दिएका छन । तनहुँको सदरमुकाम दमौलीमा रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी जिल्लाका व्यवसायीहरु करको दायरामा आएका हुन् ।

व्यवसायीहरुलाई करको दायरामा ल्याउन कार्यक्षेत्र रहेका ४ ओटै जिल्लाका विभिन्न स्थानमा गएर करसम्बन्धी सचेतना कार्यक्रमहरु गर्दै आएको कार्यालयका प्रमुख कर अधिकृत सेढाईंले जानकारी दिएका छन ।

कार्यालयले दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिरी बसेका करदातालाई कर तिर्न आग्रह गर्ने, करदाताहरुलाई कर तिर्ने वातावरण सिर्जना गर्ने लगायतको कार्यहरु गर्दै आएको उनले बताए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL