Logo

विश्व बैंकका उपाध्यक्षले भेटे प्रधानमन्त्री ओलीलाई, नेपालको विकासमा सहयोग गर्ने प्रतिवद्धता

विश्व बैंकका उपाध्यक्षले भेटे प्रधानमन्त्री ओलीलाई, नेपालको विकासमा सहयोग गर्ने प्रतिवद्धता



काठमाडौं । विश्व बैंकले नेपालको विकासको लक्ष्यसम्म पुग्नका लागि सहयोग पुर्याउने भएको छ ।

दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टिग साफरले प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट्दै उक्त सहयोग गर्ने बताएका हुन ।

उनले प्रधानमन्त्रीलाई भेट्दै सरकारले विकासको प्राथमिकतामा राखेका विभिन्न परियोजनामा सहयोग गर्ने बताएका हुन ।

यस्तै साफरले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटदै नेपालको संघिय रुपमा परिवर्तन भएको र राम्रा योजनाका साथ अघि बढिरहेको बताएका छन ।

यस्तै उनले उर्जा, जलस्रोत तथा सिँचाईँ मन्त्री बर्षमान पुनसँग पनि भेट गर्र्दै नेपाल जलस्रोत, उर्जा तथा पर्यटन जस्ता विषयमा सकारात्मक रहेको बताएका छन ।

उनले आफ्नो ५ दिने नेपाल भ्रमणका क्रममा भुकम्पनपश्चात पुनर्निर्माण गरिएका घरहरुको पनि अवलोकत गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL