Logo

जापान र ईयुबीच विश्वको एक तिहाई जिडीपी धान्ने सम्झौता, तोडिदै अमेरिका फस्ट नीति

जापान र ईयुबीच विश्वको एक तिहाई जिडीपी धान्ने सम्झौता, तोडिदै अमेरिका फस्ट नीति



काठमाडौं । युरोपियन युनियन र जापानले विश्वकै एक ठुलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त सम्झौताले विश्वको एकतिहाई कुल ग्राह्स्थ्य उत्पादन (जीडीपी) धान्नुका साथै ६ सय मिलियन मानिसलाई समेट्ने अनुमान गरिएको छ ।

युरोपियन युनियन जापानका लागि डेरीयुक्त सामानको लागि सबैभन्दा ठुलो निर्यातकर्ता हो भने जापान कारहरुको सबैभन्दा ठुलो निर्यातकर्ता हो । यो सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनभन्दा भिन्न छ । जसले उच्च आयात दरलाई प्रतिविम्बीत गर्दछ ।

इयु संघ प्रमुख जीन क्लाउड जङकरले उक्त सम्झौताले चाहेको कुराको हल हुने बताए । प्रमुख जङ्करले भने उक्त सम्झौता सामुन्द्रीक किनारको व्यापारभन्दा पर छ । संगै बसेर गरेको सम्झौताले भविष्यको सस्तो तथा स्वतन्त्र व्यापारलाई सहयोग पुर्याउनेछ । ‘हामी मिलेर काम गरेमा कति शक्तिसाली हुन्छौं भनेर देखाउन चाहान्छौं । यसका साथै हामी यसका लागि केहि उदाहरणहरु पनि प्रश्तुत गर्नेछौं,’ उनले भने, ‘जसमा विभिन्न शुल्क तथा बन्धनहरुले व्यापारलाई नै अफ्ट्यारो पारेका छन । यसका साथै यीनीहरु मूल्य, सिद्धान्त समस्याको हल हुने छन ।’

अमेरिकन शुल्क

अमेरिकाले लगभग १८ महिना पहिले जापानलगायत अन्य एशियाली मुलुकहरुसंग खुल्ला व्यापारका लागि स्वतन्त्र व्यापार सम्झौता तथा ट्राँन्स प्यासिफीक व्यापार सम्झौताका लागि वार्ता गरिरहेको थियो । तर अमेरिकाको राष्ट्रपतिमा नियुक्त भएपछि डोनाल्ड ट्रम्पले उक्त कार्य आफ्नोे पहिलो कदमस्वरुप बन्द गराए । त्यसपछि ट्रम्पको अमेरिका फस्ट नीतिले विदेसबाट आयात हुने वस्तुहरुमा विभिन्न शुल्क लागु भयो । जसमा जापान तथा इयुबाट आयात हुने स्टिलमा समेत उक्त नीति लागु भयो । इयुस्थित विश्वको एक स्वतन्त्र व्यापार केन्द्रले हाल १ सय विलीयन डलर बराबरको सामान तथा सेवा जापानामा निर्यात गर्ने गर्दछ । जुन विश्वको तेस्रो अर्थतन्त्रमा पर्दछ ।

जापानका अर्थतन्त्र पुनर्उद्धार मन्त्री तोसिमित्सु मोटेजीले भने ‘संरक्षणवादीहरुको संख्या बढिरहेको बेलामा इयु र जापानले फेरी एकचोटी खुल्ला व्यापारको लागि गरेको सम्झौताले अविश्वसनीय राजनितीक इच्छाशक्ती लाई बढावा दिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL