Logo

बजेटमाथि पूर्व अर्थमन्त्री डा. महतको टिप्पणी, आकांक्षाहरु बढि बाडियो कार्यान्वयनको आधार छैन

बजेटमाथि पूर्व अर्थमन्त्री डा. महतको टिप्पणी, आकांक्षाहरु बढि बाडियो कार्यान्वयनको आधार छैन



सर्ब प्रथम यो केन्द्रिय सरकारले ल्याएको बजेट हो । अबका दिनमा प्रदेश सरकारले ल्याउने बजेट छुट्टै हुन्छ । अहिले केन्द्रिय सरकारले बजेटको आकार १३ खर्ब १५ अर्ब रुपैयाँ छ जुन देशको कुल राष्ट्रिय आयको ४५ प्रतिशत हुन आउँछ ।

यसका अतिरिक्त प्रदेश र स्थानीय सरकारले ल्याउने बजेट छुट्टै छ । यी सबै बजेट जोड्दा त्यसको कुल आकार १७ देखि १८ खर्ब रुपैयाँको हुन आउछ । जुन कुल ग्राह्स्थ्य उत्पादनको ५० प्रतिशतभन्दा बढि हुन आउँछ । यो बजेट जुनसुकै मापदण्डबाट हेर्दा पनि बढि हुन्न ।

यसले देशको अर्थतन्त्रमा समस्या ल्याउनुका साथै विभिन्न खालका आर्थिक समस्या समेत निम्त्याउन सक्छ । तसर्थ यसले देशको समग्र अर्थतन्त्रमा प्रतिकुल प्रभाव पार्ने सम्भावना बढि छ ।

तर बजेटमा उल्लेख भएका लक्ष्य तथा उद्देश्यहरु माथि आपत्ति जनाउनु पर्ने छैनन् समग्रमा राम्रै सुनिन्छन् । तर, सरकारको प्राथमिकताको क्षेत्र कुन हो त्यो छुट्टिएको छैन । यो जनतालाई बाडिएको राम्रो आकांक्षाहरुको संगालो मात्र हो ।

यसैगरी यो बजेटलाई कार्यान्वयन गर्ने सम्बन्धमा पनि कुनै ठोस योजना छैन भने बजेट कार्यान्वयनको कुनै स्पष्ट आधार समेत भेटिदैन ।
देश संघीय संरचना गएरसँगै बजेटले प्रदेश तथा स्थानी तहमा संस्थागत विकासलाई प्राथमकिता दिनु पथ्र्यो । तर, बजेटले त्यसलाई संबोधन नै गरिएको छैन ।

अहिले बजेटले १ अर्ब रुपैयाँभन्दा बढि पूँजी भएका कम्पनीलाई अनिवार्य रुपमा सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने व्यवस्था गरेको छ । तर, कतिपय कम्पनीको प्रकृतिले नै सेयर जारी गर्न नमिल्ने हुन सक्छ । यसमा पक्ष वा विपक्ष हुनु सक्छ ।

यसैगरी बजेटले ५० करोड रुपैयाँभन्दा माथीका कम्पनी पब्लिकमा जान चाहेमा ३ बर्ष सम्मको आयकरमा विशेष छुट दिइने भनेको छ । यो राम्रो कुरा हो । तर, सरकारले कुनै पनि पब्लिकमा जानका लागि सहुलियत दिने हो तर, यो भन्दा कम पूँजी भएका जान नपाउने भनेर सिलिङ तोक्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्
MBL