Logo

राष्टसंघका उपमहासचिव र अर्थ मन्त्री डा. खतिवडाबीच भेटवार्ता, व्यापारमा अबरोध हटाउन माग

राष्टसंघका उपमहासचिव र अर्थ मन्त्री डा. खतिवडाबीच भेटवार्ता, व्यापारमा अबरोध हटाउन माग


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । संयुक्त राष्टसंघका उपमहासचिव फेकीतामोलकोता उतोइकामोनु र अर्थ मन्त्री डा. युवराज खतिवडा बीच भेटवार्ता भएको छ ।

भेटमा उतोइकामोनुले राजनीतिक संक्रमण र भुकम्प एवं बाढीजस्ता विपतिको सामना तथा ब्यवस्थापन गर्न सफल भएकोमा खुसी ब्यक्त गरेका छन ।

अर्थमन्त्री खतिवडाले संयुक्त राष्ट्रसंघ विकासोन्मुख एवं भुपरिवेष्ठत राष्ट्रहरुको पक्षमा आवाज उठाउँदै आएको र बिभिन्न राष्ट्रहरुले खडा गर्ने ब्यापार अवरोध हटाउन दबाबमुलक भुमिका खेल्न अनुरोध गरेका छन ।

भेटमा राष्ट्रसंघले तय गरेको दिगो विकाश लक्ष्यलाई नेपालले आफनो बजेट र कार्यक्रम मार्फत आन्तरिकीकरण गरेको बताएका छन । भेटका अवसरमा अर्थमन्त्रीले नेपाल अति कम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने विषयमा भएको छलफलमा विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइसकेपछी आर्थिक र सामाजिक क्षेत्रमा कुनै नकरात्मक असर नपर्ने गरि स्तरोन्नति गर्न आवश्यक तयारी भइरहेको बिज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL