Logo

भारतले सार्वजनिक गर्यो नयाँ बजेट, मोबाइल र टिभी महंगो हुने !

भारतले सार्वजनिक गर्यो नयाँ बजेट, मोबाइल र टिभी महंगो हुने !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले बिहीबार सन् २०१८ / २०१९ को बजेट सार्वजनिक गरेका छन् । संसदमा सार्वजनिक गरिएको २०१८को बजेटले विशेषगरी कृषि,ग्रामिण अर्थतन्त्र,स्वास्थ्य,जेष्ठ नागरिक तथा पूर्वाधारलाई प्राथमिकता दिएको जेट्लीले बताए ।

सो अबसरमा संरचनात्मक सुधारले भारतलाई विश्वको पाँचौ ठूलो अर्थतन्त्र बन्न सहयोग गर्ने उनले जानकारी दिए ।
जेट्लीका अनुसार २०१८ १९ मा मोबाइल र टिभीको भन्सार कर बढाउन लागिएको छ ।

भारतमै रोजगारी सृजना गर्ने तथा वस्तु  उत्पादन गर्न प्रोत्साहित गर्ने उदेश्यसहित मोबाइल र टिभीको भन्सार बढाउने घोषणा गरिएको हो ।

उनका अनुसार मोबाइलको २० प्रतिशत र टिभीमा १५ प्रतिशतसम्म कर लाग्ने छ । यससँगै मोबाइल र टिभीको मूल्य बढ्ने देखिएको हो ।

यस्ता छन् २०१८ को बजेट भाषणका मूख्य अंश

  • इन्टरनेटको सहज पहुँचका लागि ग्रामिण भेगमा ५ लाख वाइफाई हटस्पटको व्यवस्था गर्ने ।
  • १ लाख ग्राम पञ्चायत अप्टिकल फाइवरबाट जोड्ने ।
  • क्रिप्टो करेन्सीको प्रयोग घटाउन लागि पर्ने तथा भुक्तान प्रणालीमा ब्लकचेन प्रविधि प्रयोग गर्ने ।
  • रेलवेका लागि १ लाख ४८ हजार करोड भारु खर्च गर्ने ।
  • यस बर्ष ६०० नयाँ रेलवे स्टेशन निर्माण गरिने ।
  • कृषि बजारको विकासका लागि २० करोड कृषि बजार विकास कोष स्थापना गरिने छ ।
  • त्यस्तै ग्रामिण कृषि बजार (ग्राम) ले कृषकलाई आफ्नो सामान सिधै खरिदारलाई बेच्ने सुविधा प्रदान गर्ने ।
  • १० करोड गरिब परिवारका लागि प्रतिपरिवार ५ लाख रुपैयाँ प्रदान गर्ने । जुन हालसम्मकै सबैभन्दा ठूलो राशीको स्वास्थ्य कार्यक्रम हुनेछ ।
  • स्वास्थ्य कल्याण केन्द्रको कार्यक्रमका लागि १२ सय करोड रुपैयाँ व्यवस्था गरिएको छ ।
  • स्वास्थ्य बीमाका लागि प्रत्येक परिवारलाई ५ लाखको व्यवस्था गरिएको छ ।
  • ४ नयाँ सरकारी मेडिकल कलेज तथा अस्पताललाई जिल्ला अस्पतालमा परिणत गर्ने ।
  • पूर्वाधारमा १४ अर्ब भारु बराबरको लगानी गर्ने घोषणा ।
  • २०२२ सम्म सबै गरीबको एउटा घर हुने ।
laxmi

प्रतिक्रिया दिनुहोस्
MBL