Logo

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, अहिलेको स्रोत र साधनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, अहिलेको स्रोत र साधनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन



काठमाडौं । सरकारले हालको स्रोत र साधनबाट लिएको आर्थिक वृद्धिरको लक्ष्य हासिल गर्न कठिन हुने बताए । विशेषगरी सरकारले लिएको बाह्य ऋण उठाउने सम्भावना न्यून हुँदा पूँजीगत खर्च परिचालनमा समस्या निम्तने उनले जानकारी दिए ।

laxmi

‘हामीले बजेट निर्माणगर्दा ६५ प्रतिशत आन्तरिक स्रोत ३५ प्रतिशत बाह्य स्रोतमा भर परिन्छ तर अन्तिममा यसको अनुपात ८० र २० को अनुपातमा आउँछ,’ उनले भने, ‘बजेटले बाह्य ऋण र आन्तरिक ऋण लिएर चालू खर्च गर्दिन भनेको छ तर यो एकदमै चुनौतीपूर्ण छ ।’ साथै अहिलेको स्रोत र साधन परिचालन गरेर ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नु धेरै कठिन भएको बताए ।

कोरोना पछि समग्र मागमा गिरावट आएकाले अबका दिनमा डिमाण्ड बढाउन सरकारले प्राथमिकता दिनुपर्ने बताए । अहिले खाद्यान्न तरकारी लगायका माग बढी हुने होटल रेष्टुरा बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी लगायतका अन्य मागहरुमा संकुचन आउने बताए ।

यसैगरी रोजगारी सिर्जना गर्नका लागि विभिन्न नाममा छरिएर रहेका बजेटलाई एउटै वास्केटमा राखेर प्राथमिकताका आधारमा परिचालन गर्नुपर्ने बताए । विशेषगरी कम्तीमा ५० अर्ब रुपैयाँको कोष खडा गरी सिप र क्षमताको आधारमा ब्याज अनुदान दिएर कृषि तथा गैरकृषि क्षेत्रमा युवाहरुलाई लगाउनु पर्ने बताए । तर सो कार्यमा सरकार चुकेको उनको भनाई थियो ।

तर देशको आर्थिक अवस्था अनुरुप मानव स्वास्थ्य र आर्थिक स्वास्थ्य विग्र्रीएको अवस्थामा सरकारले समयसापेक्ष बजेट ल्याएको पूर्व अर्थमन्त्री एवं नेकपामा नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । विशेषगरी स्वास्थ्य क्षेत्रमा गरिएको बजेट वृद्धि र कृषिमा उत्पादन मुल्य तोक्ने काम सकारात्मक भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL