Logo

आयात प्रतिस्थापनमा सरकार र निजी क्षेत्र हातेमालो गर्न आवश्यक -अर्थमन्त्री

आयात प्रतिस्थापनमा सरकार र निजी क्षेत्र हातेमालो गर्न आवश्यक -अर्थमन्त्री


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आयात प्रतिस्थापनका लागि सरकारी निकाय र निजी क्षेत्रले हालेमालो गरेर अघि बढ््नुपर्ने बताए ।

सोमबार नेपाल घरेलु तथा साना उद्योग महसंघको २४ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दैैै उनले यस्तो बताएका हुन् । सो अवसरमा डा खतिवडाले साना उद्योगको उत्थानका लागि बहस गर्न आफु सकारात्मक भएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले नेपालबाट निर्यात हुने बस्तुलाइ पमाणपत्र दिएर उद्योगीलाई प्रोत्साहित गर्न बहस गर्ने बताए ।

उनले सरकारले शीक्षा, सिप र प्रविधिमा पहुँच बढाउने कार्य गर्दछ तर यसलाइ सही सदुपयोग गर्न उद्योगी व्यबसायीहरु लाग्नुपर्ने समेत बताए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले निजि क्षेत्र र सरकारी क्षेत्र एकआपसमा हातेमालो गरी साझा योजना बनाएर अघि बढेमा ठुला उद्योग तथा घरघरमा उद्योग भन्ने नारालाइ पुर्णता दिन सकिने बताए ।

यसका साथै उनले यस क्षेत्र अन्तरगत कुनै किसिमको भ्रष्टाचारयुक्त बाधा अड्चन आएमा सिधै तथ जनप्रतिनीधिमार्फत आफुकहाँ आउन आग्रह गरे ।

मन्त्रि यादवले अहिलेको अवस्थामा आफुलाई नै नपुग्ने बस्तु निर्यात गर्न असम्भव रहेको र निर्यातको कुरा गर्नु बालुवामा पानी हाले जस्तो हुने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL