Logo

चीनले ल्याउन थाल्यो पेट्रोलियम पदार्थ अन्वेषण गर्ने उपकरण, अन्वेषणस्थलमा काम सुरु

चीनले ल्याउन थाल्यो पेट्रोलियम पदार्थ अन्वेषण गर्ने उपकरण, अन्वेषणस्थलमा काम सुरु




काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न लागेको चिनियाँ टोलीले अन्वेषणका लागि उपकरण ल्याउन थालेको छ । गत असारमा आएको चिनियाँ भुगर्भविद्हरुको टोलीले पहलो चरणको स्थलगत अध्ययन सकेसँगै दोस्रो चरणको अध्ययनका लागि उपकरण ल्याउन थालेको हो ।

पहिलो चरणअन्तर्गत स्थलगत अध्ययन गरेको टोलीले चीनबाटै दोस्रो चरणका अध्ययनका लागि उपकरण ल्याउन सुरु गरेको खानी तथा भुगर्भ विभागका उपमहानिर्देशक तथा पेट्रोलियम अन्वेषण आयोजना प्रमुख सुधिर रजौरेले जानकारी दिए । उनका अनुसार चिनियाँ भुगर्भविद्को टोलीले बुटवल, पाल्पा तथा दैलेखमा प्रथम चरणको स्थलगत अध्ययन गरेको थियो ।

सोही अनुसार उक्त टोलीले दोस्रो चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थको सम्भाव्यता पहिचान गर्नेछ । उक्त स्थानहरुमा सम्भाव्यता अध्ययन गर्नका लागि चिनियाँ टोलिले उपकरण ल्याउन सुरु गरेको हो । खानी तथा भुगर्भ विभागको अनुरोधमा उक्त टोलिले त्रिभुवन विमानस्थमार्फत उक्त उपकरणहरु ल्याउन लागेको विभागले जानकारी दिएको छ । यस्तै चिनियाँ टोलिले पेट्रोलियम पदार्थ अन्वेषण गर्न लागेको स्थानमा विजुली, पानी, सडक लगायतका पुर्वाधारको पहँुच पुर्याउन पनि लागि परेको छ । साथै टोलीले अन्वेषण स्थलमा मजदुर बस्नको लागि टेन्ट हाल्ने काम समेत थालेको छ ।

उक्त उपकरण आयात गरिसकेपछि चिनियाँ टोलीले ३ बर्षसम्म ड्रिलिङ गरेर विभिन्न ३ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार क्षमता तथा आर्थिक रुपमा सम्भाव्य छ या छैन भनेर जाँच गर्नेछन ।

तर पेट्रोल भएको खण्डमा पनि निकाल्ने काम भने चिनियाँ टोलीले तत्काल गर्ने छैन । उक्त ३ क्षेत्रहरुमा पेट्रोलको भण्डारण पत्ता लगाएपश्चात आर्थिक सम्भाव्यता हेरेर मात्रै पेट्रोल निकाल्ने या ननिकाल्ने भन्ने निर्णय हुने विभागका उपमहानिर्देशक रजौरेले जानकारी दिए ।

२०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा नेपाल चीनबीच पेट्रोलियम अन्वेषण गर्ने सम्बन्धी सम्झौता गरेका थिए । सोही अनुसार अघिल्लो बर्षको फागुन १६ गते चाईना जिओलोजिकल सर्भे र नेपालको खानी तथा भुगर्भ विभागबीच चीनमा खानी अन्वेषण गर्ने सम्बन्धी द्धिपक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL