Logo

४० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्दै अपी चमेलिया पावर, ३ बर्ष भित्र निर्माण सम्पन्न

४० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्दै अपी चमेलिया पावर, ३ बर्ष भित्र निर्माण सम्पन्न



काठमाडौं । अपी चमेलिया पावर लिमिटेडले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत ४० मेवाको सो आयोजना निर्माण गर्न लागेको हो ।

laxmi

७ अर्ब ४० करोड रुपैयाँको लगानीमा बन्न लागेको सो आयोजनाको ३० प्रतिशतले हुन आउने २ अर्ब २२ करोड रुपैयाँ सेयरधनीको लगानी र बाँकी ५ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट लगानी जुटाईने आयोजनाले जानकारी दिएको छ ।

बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन गर्ने लक्ष रहेको सो आयोजनाको निर्माण भने २०७६ मंसिर देखि सुरु भई २०७९ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

नेपाल विद्युत प्राधिकरणको ३० मेवा क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको यस आयोजनाबाट उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ ।

आयोजनामा ५ दशमलब ५ किलोमिटरको बाँध रहनेछ भने ३ मिटरको पेनिस्टक पाइपको सहायाताले चमेलिया नदिको पानीमा आयोजना निर्माण हुने छ । कम्पनीले सोही क्षेत्रमा ८ दशमलव ५ मेवा क्षेमताको नौगाड साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।

साथै आगमी चैत मसान्तभित्र ८ मेवा क्षेमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुने तयारीमा रहेको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ केभी ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।

यो आयोजना सरकारले गर्न लागेको लगानी सम्मेलनमा समेत नीजि क्षेत्रबाट विकास गरिएको आयोजनामा छनौट गरिएको छ । यसैआर्थिक वर्षमा कम्पनीले विकास गरेका विभिन्न सोलार परियोजना समेत अगाडी बढाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL