Logo

गोल्छाको पशु भ्याक्सीन सम्बन्धी हेस्टर कम्पनी संचालनमा, ९० प्रतिशत उत्पादन निर्यातको लक्ष्य

गोल्छाको पशु भ्याक्सीन सम्बन्धी हेस्टर कम्पनी संचालनमा, ९० प्रतिशत उत्पादन निर्यातको लक्ष्य



काठमाडौं । नेपालकै कच्चा पदार्थको भरमा पशुलाई दिईने भ्याक्सीनको उत्पादन थालिएको छ । गोल्छा संगठन र हेस्टर बायोसाईन्सेस लिको संयुक्त लगानीमा काभे्रको बनेपामा उक्त कम्पनी संचालनमा आएको हो ।

laxmi

बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कम्पनीको औपचारिक उद्घाटन गरेका हुन । कम्पनीले उच्च प्रविधिको प्रयोग गर्दै पशुहरुको रोग न्युनिकरण गर्न भ्याक्सीन उत्पादन गरिरहेको छ । विगत ३ बर्षदेखि उक्त कम्पनी संचालनमा आएको भएपनि औपचारिक उद्घाटन भने बुधबार देखि भएको हो ।

कम्पनीले बार्षिक १२ करोड डोज लाईभ भ्याक्सीन उत्पादन गर्ने लक्ष्य लिएको छ । यस्तै कम्पनीले आफ्नो उत्पादनको करिव ९० प्रतिशत भ्याक्सीन विदेशमा निर्यात गर्ने लक्ष्य लिएको गोल्छा संगठनका कार्यकारी निर्देशक शेखर गोल्छाले जानकारी दिए । कार्यक्रममा बोल्दै उनले भने, ‘हाल कम्पनीले २० भ्याक्सीनका लागि लाईसेन्स प्राप्त गरिसकेको छ भने २७ भ्याक्सीनहरु लाईसेन्सको तयारीमा छन ।’ कम्पनीले हालसम्म २ करोड डोज भ्याक्सीन निर्यात गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL