Logo

हङकङ पनि ब्यापारघाटामा, निर्यात ७.३ र आयात ८.४ प्रतिशतले वृद्धि

हङकङ पनि ब्यापारघाटामा, निर्यात ७.३ र आयात ८.४ प्रतिशतले वृद्धि



काठमाडौं । हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७ दशमलव ३ प्रतिशतको वृद्धि भएको जानकारी दिएको छ । सोमबार सार्वजनिक ए तथ्याँकमा गत बर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८ दशमलव ४ प्रतिशतको वृद्धि देखिएको र निर्यात सामानको मूल्यमा ७ दशमलव ३ प्रतिशतको वृद्धि भएको देखिएको हो ।

यसबाट हङकङलाई सन् २०१८ मा ७२ अर्ब २२ करोड अमेरिकी डलर बराबरको व्यापार घाटा भएको छ । सरकारका प्रवक्ताले गत बर्षको शुरूको समयमा कारोबारमा मजबुत नतिजा देखिएको बताए । सामान निर्यातका र आयात दुवैमा गत बर्ष वृद्धि देखिएको हो ।

तर बर्षको अन्त्य अर्थात् डिसेम्बरमा हङकङको सामान कुल निर्यात र कुल आयातमा विगत दुई बर्षको तुलनामा क्रमशः तुलनामा ५ दशमलव ६ प्रतिशत र ७ प्रतिशतको न्यूनता देखिएको थियो ।

देखिने व्यापार घाटा डिसेम्बरमा ५१ दशमलव २ हङकङ डलर अर्थात् आयात भएको सामानको मूल्यको १३ दशमलव १ प्रतिशत रेकर्ड भएको छ ।

सन् २०१८ को चौथो चौमासिकमा अघिल्लो बर्षको तुलनामा निर्यात सामानको मूल्यमा ३ दशमलव २ प्रतिशत कमी रहेको देखिएको छ भने आयात गरिएका सामानको मूल्यमा ५ दशमलव १ प्रतिशतको ह्रास देखिएको छ । रासस/एएफपी

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL