Logo

१ हजार जनालाई रोजगारी दिने महर्जन कम्प्लेक्स संचालनमा आउँदै, बुकिङ खुला गरिँदै

१ हजार जनालाई रोजगारी दिने महर्जन कम्प्लेक्स संचालनमा आउँदै, बुकिङ खुला गरिँदै



काठमाडौं । राजधानीको न्युरोडमा रहेको महर्जन कम्प्लेक्स आगामी वैशाखदेखि संचालनमा आउने भएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तरर्गतको निकाय युनेस्कोले समेत तारिफ गरेको उक्त व्यावसायिक भवन बैशाख देखी सञ्चालनमा आउने भएको हो ।
युनेस्कोले २२ नोभेम्बर २०१७ मा प्रेषित गरेको एक पत्रमा उक्त भवनको ‘नियो क्लासिकल’ स्वरुपको तारिफ गरिएको छ ।

युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दो भएको, भवन विश्व सम्पदाभन्दा बाहिर रहेको र यसमा युनेस्कोलाई कुनै आपत्ति नभएको समेत उल्लेख छ ।

९ रेक्टर स्केलको भुइँचालो समेत थेग्ने गरी बनाइएको उक्त भवनमा करिब ५ दर्जन पसल रहने छ । साथै उक्त कम्प्लेक्समा करिब १ हजारजनाले रोजगारी पाउने भएका छन ।

केही समय पछिनै उक्त भवनमा ब्यवसाय संचालन गर्नका लागि स्पेस बुकिङ खुला गर्ने प्रवद्र्धक कृष्णलाल महर्जनले जानकारी दिएका छन ।

भवनको भित्र भागमा अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी र फायर फाइटिङ सिस्टम रहेको समेत महर्जनले जानकारी दिएका छन ।

साबिकमा क्रिस्टल होटल रहेको जग्गामा बनेको देशकै पहिलो सम्पदामैत्री ‘महर्जन कम्प्लेक्स’ लाई लिएर दर्ता भएको मुद्दामा सर्वोच्च अदालतले कम्प्लेक्स प्रवद्र्धकको पक्षमा फैसला गरेपछि सञ्चालनको बाटो खुलेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL