Logo

अर्थमन्त्रीको आश्वासनपछी कपडा उद्योग संचालनमा, उद्योगीले पाउलान त पुनः भ्याट फिर्ताको सुविधा ?

अर्थमन्त्रीको आश्वासनपछी कपडा उद्योग संचालनमा, उद्योगीले पाउलान त पुनः भ्याट फिर्ताको सुविधा ?



काठमाडौं । नेपाल कपडा उद्योग संघले गएको शनिबार देखि बन्द गरेका कपडा उद्योगहरु आजदेखि संचालनमा आएका छन । अर्थमन्त्री डा युवराज खतीवडाले कपडा उद्योगीको समस्याको विषयमा १० दिनभित्र समाधान खोज्ने आश्वासन दिएपछि उक्त उद्योगहरु खुलेका हुन ।

संघले सरकारले भ्याट फिर्ताको निति चालु आवको बजेटमार्फत कटौती गरेपछि कपडा उद्योगहरु चलाउन गार्हो भएको भन्दै शनिबारदेखि कपडा उद्योगहरु बन्द गरेको थियोे ।

नेपाल सरकारलाई सावधानी गर्नका लागि गरिएको उक्त बन्द सरकार नै सहमतीमा आएपछि खोलिएको संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले जानकारी दिए ।

उनले भने, ‘उद्योगहरु बन्द भएको २ दिनपछि अर्थात आईतबार अर्थमन्त्रीजीले हामीलाई बोलाएर १० दिनभित्र समस्या समाधान गर्छाै भन्नुभएको छ ।’ उनले भने ‘यदि १० दिनभित्र हाम्रा मागहरु अर्थमन्त्रीले सुनुवाई नगरे हामी फेर िकडा रुपमा प्रश्तुत हुनेछौैं ।’

अर्थमन्त्रीले नै क्याविनेटको बैठकमा समस्याको समाधान गर्छु भनेपछि उद्योगहरु संचालनमा ल्याउने निर्णय गरेको उनको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL