Logo

मंसिर १ गतेदेखि देशभरका कपडा उद्योग बन्द, यस्ता छन् माग

मंसिर १ गतेदेखि देशभरका कपडा उद्योग बन्द, यस्ता छन् माग



काठमाडौं । मंसिर १ गतेदेखि नेपालभरका विभिन्न २ सय भन्दा बढी कपडा उद्योगहरु बन्द हुने भएका छन ।

सरकारले उद्योगीहरुको माग पुरा नगरेपनि हाल संचालनमा रहेका विभिन्न २ सय भन्दा बढी कपडा उद्योग एकैदिन बन्द गर्न लागिएको हो । सरकारले दिने सहायता तथा सहुलियत पुरा नगरेको र घाटामा उद्योग संचालन गर्न नसकिने भन्दै उक्त कपडा उद्योगहरु विरोधस्वरुप बन्द गर्न लागिएको नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले जानकारी दिए ।

उनले नेपाल सरकारले आफुले पुरा गर्ने भनेको विभिन्न वाचाहरुलाई आलटाल गर्दै टार्न खोजेको आरोप लगाएका छन । नेपालमा आयात हुने कपडामध्ये प्रायःजसो कपडा अवैधानिक तरिकाले भित्रिने गरेकोमा त्यसलाई रोक्न नेपाल सरकारले कुनै किसिमको कदम नचालेको अध्यक्ष प्रधानको आरोप छ ।

उनले नेपालमा हाल १ अर्बौं रुपैयाँ बराबरको कपडाको माग भएपनि करिव ९० प्रतिशत कपडा बाहिरबाट आउने गरेको जानकारी दिए । उक्त कपडामा पनि करिव १० प्रतिशत अबैधानिक रुपमा नेपाल भित्रिने र अन्य ८० प्रतिशत कपडा मात्रै बैधानिक तरिकाले भित्रिने गरेको उनको दावी थियो ।

नेपालमा हाल १ अर्ब मिटर कपडाको माग रहेको छ जुन नेपाली कपडा उद्योगले यसको ७ प्रतिशत अर्थात जम्मा ७ करोड मिटर कपडा उत्पादन गर्ने गरेका छन ।

प्रधानका अनुसार हाल विदेशबाट आयात हुने हरेक किसिमका र गुणस्तरका कपडाहरु नेपालमै उत्पादन गर्न सकिने भएपनि सोही अनुसार नेपाल सरकारले सहुलियत नदिएकाले उक्त कार्य अन्यौलमा परेको बताएका छन । उनका अनुसार नेपालमा कपडा उत्पादन गर्नका लागि विभिन्न किसिमका मेशिनरी सामान, दक्ष कालिगढ, कामदार, धागो लगायतका बस्तु तथा सेवाहरुमा सहुलियत दिनुपर्ने माग उद्योगीहरुले राखेका थिए ।

यस्तै नेपालमा उत्पादन हुने कपडाको प्रयोगको लागि पनि उत्तिकै मात्रामा सहजता गरिदिनुपर्ने संघको आह्वान रहेको छ । नेपालमा सबैभन्दा अप्ठ्यारो भनेको धागो आयात तथा मेशिनहरु ल्याउनका लागि भएको र उक्त बस्तुहरुको भन्सारमूल्यमा केहि सहुलियत गरिदिन उद्योगीहरुले सरकारसमक्ष माग राखेका थिए ।

सरकारले आयात कम गर्ने भन्दै विभिन्न ऐननियम ल्याएको तर उद्योगी व्यबसायीको विपरित ल्याएको अध्यक्ष प्रधानले जानकारी दिए । नेपाल सरकारले विद्युत, पानी, तथा श्रमिकहरुको तलव बढाईदिदा यता उद्योगहरुलाई धान्न गाह्रो भएको र विभिन्न विषयमा छलफल गरेर अगाढी बढ्न सरकार समक्ष आफुहरुले माग राखेको उनले बताएका छन । उनले यही मंसिर १ गते पत्रकार सम्मेलन गर्दै देशभरका कपडा उद्योगहरु बन्द गर्ने जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL