Logo

प्रतिदिन १० लाख ब्यारेल तेल निर्यात घटाउँदै साउदी, यस्तो छ निर्णय

प्रतिदिन १० लाख ब्यारेल तेल निर्यात घटाउँदै साउदी, यस्तो छ निर्णय



काठमाडौं । प्रतिदिन १० लाख ल्यारेल तेल निर्यात घटाउन साउदी अरबका उर्जा मन्त्री खालिद अल फलिहले सुझाब दिएका छन । उनले विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन उक्त सुझाव दिएका हुन ।

रियादले आगामी डिसेम्बरबाट लागु हुनेगरी प्रतिदिन ५ लाख ब्यारेल तेल निर्यातमा कमी गर्ने योजना सार्वजनिक गरेको ठीक एक दिन पछि यहाँका विभागीय मन्त्रीको उक्त राय आएको हो ।

‘हामीले आइतबार गरेको प्राबिधिक समीक्षाबाट विश्व बजारलाई नियन्त्रण तथा सन्तुलन गर्न प्रतिदिन झण्डै १० लाख ब्यारेल तेलको निर्यातमा कटौति गर्नुपर्ने आवश्यकता रहेको निष्कर्षमा पुगेका छौँ,’ फालिहले आबुधावीस्थित उर्जा सम्मेलनमा भने ।

अक्टोबरको उत्पादन अवस्थालाई हेरेर प्रस्तावित कटौति गरिनुपर्ने निष्कर्ष निकालिएको हो ।

तेलको मूल्यले गत महिनाको तुलनामा ५ गुना बढी माग देखिएको साउदीको भनाई छ । अमेरिकाले इरानी कच्चा तेल तथा अन्य सामान निर्यातमा प्रतिबन्ध लगाएपछि गत महिनामा भएको अत्याधिक आपूर्तिले अपेक्षा गरिएभन्दा कमै प्रभाब पर्ने देखिएको साउदी अरबको बुझाई छ ।

फालिहले भने, विश्वको सबैभन्दा ठूलो तेल निर्यात राष्ट्र, साउदी अरबले तेलको विश्व बजारलाई सन्तुलनमा राख्न आगामी महिनादेखि प्रतिदिन ५ लाख ब्यारेल कटौति गरिने योजना आइतबार सार्वजनिक भएको जानकारी दिएका छन ।

साउदी अरबसमेत सदस्य रहेको तेल आपूर्ति गर्ने विभिन्न १४ राष्ट्रहरूको संगठन (ओपेक) सदस्य राष्ट्रमध्ये साउदी अरबले मात्र विश्वको एक तिहाइ कच्चा तेल बजारमा आपूर्ति गर्दै आएको छ ।

विश्व बजारमा तेलको आपूर्तिलाई कटौति गर्ने औपचारिक निर्णय भने ओपेक सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठक र ओपेकमा सम्लग्न नरहेका तर तेल उत्पादनमा हिस्सा राख्ने मुलुकहरूको भियनामा डिसेम्बरको शुरूमा हुने बैठकबाट हुने पनि फालिहले बताए ।
‘भियना सम्मेलनभन्दा पहिले तेल उत्पादक मुलुकहरूले बजारको तथ्याङ्कलाई निरन्तर समीक्षा गर्ने र प्रतिदिन १० लाख ब्यारेल तेल आपूर्तिमा कटौति आवश्यक पर्ने भएमा उक्त निर्णय लिन पछि आपेक पछि हट्ने छैन,’ फालिहले जानकारी दिए ।

संयुक्त अरब इमिरेट्सका उर्जामन्त्री सुहाइल अल–मजरौयीले भने, तेल बजारलाई सन्तुलनमा राख्न रणनीतिमा परिवर्तन ल्याइनु आवश्यक भएको बताए ।

हामीले तेलको मूल्यमा देखिएको कमीप्रति अनावश्यक अभिनय गर्नु पर्दैन भन्दै कच्चा तेलको बजार गतिशिल रहन्छ, मजरौयीले थपे ।
तेल बजारका हस्ती मानिने साउदी अरब र रूसले इरानमाथिको अमेरिकी आर्थिक नाकाबन्दीका कारण आगामी बर्ष तेलको मागमा वृद्धि आउने छ जसलाई सन्तुलन गर्न र बजारलाई स्थिर गर्न सम्मेलनले नयाँ निर्णयको घोषणा गर्नुपर्नेछ, इराकका उर्जामन्त्री आसेम जिहादले बताए ।

साउदी अरबले विश्व बजारमा आफ्नो तेल आपूर्तिमा कटौति गर्ने योजना सार्वजनिक गरे लगत्तै सोमबार कच्चा तेलको मूल्य १ दशमलव ५ प्रतिशतले बढेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL