Logo

आत्तिए चिनी उद्योगी, भन्छन् कसले किनीदिन्छ हाम्रो चिनी ?

आत्तिए चिनी उद्योगी, भन्छन् कसले किनीदिन्छ हाम्रो चिनी ?



काठमाडौं । भारतलगायत तेस्रो मुलुकबाट चिनी आयात हुँदा नेपाली उद्योगीहरु मर्कामा परेका छन् । हाल नेपालमा उत्पादित चिनीभन्दा कम मात्रामा खपत भईरहेको अवस्थामा सरकारले खुलेआम चिनी आयात गर्न दिँदा नेपाली उद्योगीहरु समस्यामा परेका हुन् ।

उद्योगीहरुले आफुले उत्पादन गरेको चिनीभन्दा धेरै चिनी भारत लगायत अन्य देसबाट आयात हुँदा नेपाली उद्योगहरु धराशयी भएको सम्बद्ध उद्योगीहरु बताउँछन् । नेपालमा चिनीको कुल माग २ लाख ५० हजार मेट्रिक टन रहेको छ । यो बर्ष मात्रै १ लाख ७८ हजार चिनी उत्पादन भएको छ । तर, उक्त चिनीको लगभग ३० प्रतिशत अर्थात करिब ५४ हजार मेट्रिक टन चिनी मात्रै बिक्री भएको नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले जानकारी दिए ।

तर, नेपालमा भारतलगायत अन्य मुलुकबाट बार्षिक २ लाख १० हजार मेट्रिकटन चिनी आयात भएको छ । जसले गर्दा नेपालमा उत्पादित चिनीको माग घट्नुका साथै चिनी भन्डारणमै सिमीत हुने सम्बद्ध उद्योगीहरु बताउँछन् ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दे चिनी उद्यमीहरुले आयातित चिनीमा भन्सारकर बढाई नेपालमै उत्पादीत चिनीलाई प्रथामीकतामा राखेर बिक्रीको प्रबन्ध मिलाईदिन सरकारको ध्यानाकर्षण गराएका हुन । यसका साथै उनीहरुले आफुले उत्पादन गरेको चिनी बिक्री नहुँदा उखु किसानलाई समयमा भुक्तानी गर्न नसकिएको समेत जानकारी दिए । जसका कारण आफुहरुमाथी नकारात्मक दाग लाग्न पुगेको समेत व्यवसायीहरुको गुनासो थियो ।

हाल अन्तरराष्ट्रिय बजारमा चिनीको मूल्य घटेसँगै भारत तथा अन्य मुलुक जस्तै पाकिस्तान, बङ्गलादेश लगायत देसबाट नेपालमा चिनीको माग बढ्दो छ । जसले गर्दा नेपालमा उत्पादित चिनीको माग घट्दै गईरहेको उनिहरुको भनाई छ ।

यसका साथै चिनी उत्पादनको समयमा उत्पादन हुने मोलासिस तथा इथानलको पनि व्यवस्थित खपत नहुँदा उक्त वस्तु खेर जाने तथा मानिसको शरीरमा नकारात्मक असर पर्न गएको संघका महासचिव राजेस केडियाले जानकारी दिए ।

साथै उनले चिनी उत्पादनका समयमा उत्पादन हुने इथानलले २२ हजार हेक्टोलिटर पेट्रोल विस्थापन गर्न सकिने शिवशक्ती चिनी मीलका अध्यक्ष राज कुमार अग्रवालले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL