Logo

फोहोरमैला व्यवस्थापनमा लगानी बोर्ड र नेपवेस्टबीच पीडीए, सौर्य उर्जाका लागि २० अर्ब विदेशी लगानी स्वीकृत

फोहोरमैला व्यवस्थापनमा लगानी बोर्ड र नेपवेस्टबीच पीडीए, सौर्य उर्जाका लागि २० अर्ब विदेशी लगानी स्वीकृत



काठमाडौं । काठमाडौं महानगरपालिका एकिकृत फोहोरमैला व्यवस्थापन परियोजना कार्यन्वयनका लागि नेपवेष्ट कम्पनीसँग परियोजना विकास सम्झौता (पिडिए) भएको छ ।

मंगलबार लगानीबोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ३१ औैं बैठकले उक्त कम्पनीसँग पीडीए गरेकोे हो । उक्त परियोजना अन्तरगत काठमाडौं महानगरपालिका लगायत उपत्यकाका १० ओटा नगरपालिका समेटिएका छन ।

यसका साथै बोर्डलाई पश्चिम सेती जलविद्युत आयोजना तत्काल कार्यन्वयनमा ल्याउन निर्देशन दिइएको छ । बोर्डलाई चाईना थ्री गर्जेज इन्टरनेसनल कर्पाेरेसन (सिटिजीआई) ले अर्थ मन्त्रालय र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गरी २ महिनाभित्र निश्कर्षमा पुग्न निर्देशन दिएको हो ।

साथै बैठकले नेपालमा सौर्य उर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फन्ड म्यानेजमेन्टको लागि २० करोड अमेरिकी डलर विदेशि लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले लगानी बोर्ड ऐन २०६८ लाई पनि परिमार्जन गर्दे लाने निर्णय गरेको छ । सो कार्यका लागि मन्त्रिपरिषद कार्यलयका सचिवको संयोजकत्वमा बोर्डका प्रतिनिधि रहने गरी कार्यदल पनि गठन गरिने भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL