Logo

भारतमा उत्पादित १४ वस्तुलाइ नेपाल गुणस्तर चिह्न प्रदान

भारतमा उत्पादित १४ वस्तुलाइ नेपाल गुणस्तर चिह्न प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले भारतमा उत्पादित १४ वस्तुमा नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ ।

भारतले लामो समय देखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई भारतीय गुणस्तर चिन्ह (आइएसआई) प्रदान गरे पनि नेपालले भने यस वर्ष देखि (आइएसआई) चिन्ह प्रदान गरेको छ ।

स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, सलुजा स्टिल, टाटा स्टिल लगायतका १४ उत्पादित वस्तु तथा उद्योगलाई (आइएसआई) चिन्ह प्रदान गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनिका अनुसार भारतले नेपालका ४४ उद्योगलाई (आइएसआई) चिन्ह प्रदान गरे पनि नेपालले भने भारतीय १४ वस्तु तथा उद्योगलाई मात्र (एनएस) चिन्ह प्रदान गरेको बताएको छ । प्रकृया पुर्याएर (एनएस) चिन्ह लिने भारतीय कम्पनीलाई हामीले चिन्ह प्रदान गर्दै आएका छौँ पुडासैनीले भने ।

भारतमा उत्पादित वस्तु तथा उद्योगलाई (एनएस) चिन्ह प्रदान गरे पछि भारतमा उत्पादित वस्तुको गुणस्तर के कति छ भनेर जाँच्न सजिलो हुने तथा अनुगमनमा सहजता हुने बताए ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीका समयमा नेपालले भारतीय वस्तु तथा उद्योगलाई (एनएस) चिन्ह प्रदान गर्नु पर्ने निर्णयनुसार विभागले भारतीय वस्तु तथा उद्योगलाई (एनएस) चिन्ह दिन थालेको हो ।

विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत (एनएस) चिन्ह प्रदान गरेको छ । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL