Logo

१ महिनामै ४ जलविद्युत आयोजना दर्ता, साढे २२ अर्ब लगानी

१ महिनामै ४ जलविद्युत आयोजना दर्ता, साढे २२ अर्ब लगानी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पछिल्लो समय जलविद्युत क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको छ । उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार बैशाखदेखि अहिलेसम्म आइपुग्दा १० ओटा जलविद्युत आयोजना दर्ता भएको उद्योग विभागको तथ्यांकमा छ । जलविद्युत क्षेत्रमा असोज महिनामा मात्रै २२ अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ ।

उद्योग विभागका अनुसार असोजमा श्री स्टार होइड्रोपावर, पिपुल्स इनर्जी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड र कसुवा खोला हाइड्रोपावर गरी ४ ओटा जलविद्युत आयोजना सञ्चालनको प्रस्ताव आएको हो ।

खोटाङमा जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यसहित असोज ६ गते श्री स्टार हाइड्रोपावर प्रालि उद्योग विभागमा दर्ता भएको हो । सो हाइड्रोपावर कुमार खरेलको लगानीमा निर्माण गर्न लागिएको हो । आयोजना १ अर्ब ३९ करोड रुपैयाँमा निर्माण गर्न लागिएको छ ।
त्यस्तै पिपल्स इनर्जी लिमिटेडको नामबाट रामेछापमा आयोजना निर्माण गरिने भएको छ । ८ अर्ब ६४ लाख कुल पूँजी रहने सो आयोजना असोज ९ गते उद्योग विभागमा दर्ता भएको हो ।

मेल्निया पावर लिमिटेडले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड पनि सञ्चालनमा ल्याउने भएको छ । २ अर्ब ५७ करोड रुपैयाँ लगानीमा निर्माण गर्न लागिएको हो ।

संखुवासभाको मकालु गाविसमा कसुवा खोला हाइड्रोपावर लिमिटेड ९ अर्ब ९५ करोड रुपैयाँ लगानीमा निर्माण गरिने भएको छ । सिइडीबी हाइड्रो फण्ड लिमिटेडले असोज ८ गते विभागमा सो आयोजना दर्ता गरेको हो । यी आयोजनाहरुबाट ४ सय ७३ जनाले रोजगारी पाउने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL