Logo

उत्पादनमुलक कर्जाको छुटले पाएन निरन्तरता, असोजसम्म सीसीडी ब्यवस्थापन नगरे कारबाही

उत्पादनमुलक कर्जाको छुटले पाएन निरन्तरता, असोजसम्म सीसीडी ब्यवस्थापन नगरे कारबाही


बिजखबर संवाददाता
27
Shares

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको मध्याबधिक समीक्षामार्फत दिएको बिपन्न बर्ग कर्जा र उत्पादनमुल कर्जाको छुटलाई कटाएको छ । राष्ट्र बैंकले यही असार मसान्तसम्म बिपन्न बर्ग कर्जा र उत्पादनमुल क्षेत्र कर्जाको ५० प्रतिशत रकम सीसीडीमा गणना नगर्न छुट दिएको थियो ।

बिभिन्न १३ वटा बाणिज्य बैंकको सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथी पुगेको र बजारमा लगानी योग्य पूँजीको अभाव भएको भन्दै राष्ट्र बैंकले तत्कालका लागि बिपन्न बर्ग र उत्पादनमुल क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत रकम गणना नगरी लगानी गर्न छुट दिएको थियो । तर, राष्ट्र बैंकले आर्थिक २०७४/७५ को मौद्रिक नीति जारी गर्दै सो व्यवस्था खारेज गरेको हो ।

यदि कुनै बैंक वित्तीय संस्थाको कर्जा–पूँजी–निक्षेप अनुपात तोकिएकोभन्दा बढी भएमा असोज मसान्तसम्ममा सीमाभित्र ल्याउनुपर्ने ब्यवस्था गरेको छ । सो व्यवस्थाले बजारमा तत्कालका लागि २ खर्ब ५४ अर्बभन्दा बढी लगानीयोग्य पूँजी आएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL