Logo

उद्योगमा पनि जनतालाई १ खर्बको सेयर !

उद्योगमा पनि जनतालाई १ खर्बको सेयर !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीमा लगानी गर्दै आएका जनताले अब उद्योगमा पनि सेयर हाल्न पाउने भएका छन् । उद्योग मन्त्रालयले औद्योगिक विकास कोष स्थापना गर्दै सर्वसाधारणलाई पहिलो पटक उद्योगमा सेयर लगानी गर्न मिल्ने व्यवस्था गरेको हो ।

मन्त्रालयले ५ खर्ब रुपैयाँको कोष बनाउने छ । जसमा जनताले न्युनतम १ खर्ब रुपैयाँ लगानी गर्न सक्नेछन् । सरकारले सो कोषमा विभिन्न ५ क्षेत्रसँग लगानी जुटाउने भएको छ ।

उद्योग मन्त्रालयले ल्याएको सो कोषलाई आगामी दिनमा बस्ने मन्त्रिपरिषदको बैठकले स्वीकत गर्ने भएको छ । उद्योग सचिवको संयोजकत्वमा गठित उक्त कोषले अबको ३ महिनाभित्रै कुनै एउटा नयाँ परियोजना संचालन गर्ने उद्घोष गरेको छ ।

कुल ५ खर्बको कोषमा गैर आवसीय नेपाली, नेपालमा रहेका बुहराष्ट्रिय कम्पनी, नेपालका निजी क्षेत्र, सर्बसाधारण जनता र नेपाल सरकारको बरावर हिस्सा रहनेछ । सरकारले विशेषगरी वैदेशिक गएको कामदारले पठाएको रेमिट्यान्सलाई औद्योगिक क्षेत्रमा लगाउने उद्देश्य अुरुप सो कोष संचालनमा ल्याएको हो ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकम अनुत्पादक क्षेत्रमा खर्च भएसँगै त्यसलाई पूँजी निर्माणमा लगाउन सरकारले रेमिट हाइड्रो, औद्योगिक विकास कोषजस्ता कार्यक्रम अघि बढाएको हो । वैदेशिक रोजगारीमा गएका कामदारले बार्षिक ६ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्र्याउँदै आएका छन् । तर, सो रकम घर खर्चमै सिमिति हुँदै आएको छ ।

सार्वजनिक–निजी साझेदारी मोडलमा संचालन गर्न लागिएको सो कोषबाट यातायात, उर्जा, औद्योगिक क्षेत्र लगाएतका पूर्वाधारको निर्माण तथा औद्योगिक क्षेत्रको क्षमता विकास, उद्यमशीलताको प्रवद्र्धन एवं प्रविधि हस्तान्तरणका माध्यमबाट देशमा औद्योगिकरण गर्ने लक्ष्य लिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL