Logo

वैदेशिक लगानीलाई अनलाईन पेमेन्टको सुविधा, डिजिटल सिग्नेचरको ३ हजार

वैदेशिक लगानीलाई अनलाईन पेमेन्टको सुविधा, डिजिटल सिग्नेचरको ३ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग विभागले वैदेशिक लगानीका उद्योगलाई अनलाईन दर्ता प्रक्रिया कार्यान्वयनमा ल्याएसँगै रकम भुक्तानीका लागि सो सुविधा संचालनमा ल्याउने भएको छ । हाल वैदेशिक लगानीका उद्योगहरुले उद्योग दर्ता, नविकरण गर्दा लाग्ने शुल्क तथा अन्य रकम नेपालमै आएर तिर्नुपर्ने वाध्यता रहेकाले त्यसलाई सहजीकरण गर्न अनलाईन पेमेन्टको व्यवस्था गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए ।

जोशीका अनुसार अनलाईन पेमेन्ट संचालनमा ल्याउने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल भइहरको छ । ‘विदेशी लगानीकर्ताले नेपालमा नगद भुक्तानी गर्दा राष्ट्र बैंकको सहमति लिनुपर्छ,’ उनले भने, ‘सोही अनुरुप मन्त्रालयले राष्ट्र बैंकसँग छलफल अघि बढाएको हो ।’ विदेशी लगानीकर्ताको लागि अनलाइन पेमेन्ट संचालनमा ल्याउने विषय द्वुत गतिमा अघि बढेको र केही समयभित्रै कार्यान्वयनमा आउने उनले जानकारी दिए ।

अनलाई भुक्तानी पूर्व डिजिटल सिग्नेचरको आवश्यकता पर्ने भएकाले सो सम्बन्धमा पनि काम अघि बढेको उनको भनाइ थियो । ‘डिजिटल सिग्नेचरको लागि आवश्क पर्ने मेशिन खरिदका लागि प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने, ‘केही समय अघि मात्र उक्त मेशिन २२ लाख रुपैयाँमा खरिद गर्न सम्झौता गरेका छौं ।’

उक्त व्यवस्था संचालनमा आएसँगै सेवाग्राहीले डिजिट सिग्नेचर गरे वापत ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । डिजिटल सिग्नेचर कार्यान्वयमा आएसँगै उद्योग दर्ता सम्बन्धी सम्पूर्ण काम अनलाईनबाटै हुने उनले जानकारी दिए । जसले गर्दा नेपालमा वैदेशिक लगानी आकर्षित गर्न समेत सहज हुने उनको तर्क छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL