Logo

भदौ ७ भित्र उद्योग नविकरण गर्न उद्योग विभागको निर्देशन, नगरे जरिवाना लाग्ने

भदौ ७ भित्र उद्योग नविकरण गर्न उद्योग विभागको निर्देशन, नगरे जरिवाना लाग्ने



काठमाडौं । उद्योग विभागले भदौ ७ गतेभित्र सबै उद्योगहरु नवीकरण गर्न निर्देशन दिएको छ । विभागले साउन ७ गतेदेखि लकडाउन खुलेको भन्दै त्यसको १ महिनाभित्र अर्थात भदौ ७ गतेभित्र सबै उद्योगधन्दाहरु नविकरण गर्न निर्देशन दिएको हो ।

laxmi

यस्तै विभागले भदौ ७ गतेभित्र उद्योगधन्दा नविकरण नगराए जरिवाना लाग्ने समेत जानकारी दिएको छ । सार्थ पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण समेत भदौ ७ गतेभित्र गरिसक्नुपर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ पहिलो सातासम्मको लागि मात्रै थप गरिएको छ ।

तर यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् । उपत्यका बाहिर सञ्चालन हुनेले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने भएका छन् ।

भदौ ७ भित्र उद्योग नविकरण गर्न उद्योग विभागको निर्देशन, नगरे जरिवाना लाग्ने


प्रतिक्रिया दिनुहोस्
MBL