Logo

आफु कमजोर बन्दै गएपछि भवानी राणाले गुहारिन पूर्व अध्यक्ष, पहिलो पटक पूर्व अध्यक्ष सहितको बैठक बस्दै

आफु कमजोर बन्दै गएपछि भवानी राणाले गुहारिन पूर्व अध्यक्ष, पहिलो पटक पूर्व अध्यक्ष सहितको बैठक बस्दै



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघक अध्यक्ष भवानी राणाले आफ्नो कार्यकालमा पहिलो पटक पूर्व अध्यक्ष सहितको बैठक बोलाएकी छिन् । आफु अध्यक्ष भएर आएसँगै महासंघको बैठकमा पूर्व अध्यक्षहरुलाई बोलाउन हुन्न भन्ने अडान लिएर अघि बढेका अध्यक्ष राणाले महासंघभित्र आफु कमजोर बन्दै गएपछि पूर्व अध्यक्षको साहारा लिएर बैठक बोलाएकी हुन् ।

laxmi

महासंघको आसन्न ५४ औं साधारणसभा तथा निर्वाचन मिति नजिकिदै जाँदा आफुले समर्थन गरेको व्यक्तिले हार्ने निश्चिित जस्तै भएको भन्दै अध्यक्ष राणाले पूर्व अध्यक्षहरुको साथ लिएर चुनावी मिति सार्नका लागि बैठक बोलाएको महासंघका एक पदाधिकारीले जानकारी दिए ।

‘सरकारले पूर्ण रुपमा लकडाउन सकिएको घोषणा गरिसकेको अवस्थामा अध्यक्ष राणाले अहिलेको विषम परिस्तिथीमा महासंघको चुनाव गर्न नसकिने भन्दै पूर्व अध्यक्ष सहितको बैंठक बोलाउनु भएको छ,’ ती पदाधिकारीले भने, ‘सबै सहज भएर चुनाव गर्न सकिने अवस्थामा पनि अध्यक्ष राणाले आफुले समर्थन गरेको व्यक्तिले चुनाव हार्ने भएपछि जसरी पनि निर्वाचन सार्ने रणनीतिका साथ पूर्व अध्यक्षको साथ लिएर पहिलो पटक पदाधिकारी बैठक बोलाउँदै हुनुहुन्छ ।’
महासंघ पदाधिकारीलाई कुनै पनि निर्णय गर्ने अधिकार रहँदैन ।

पदाधिकारीले कुनै निर्णय गरेपनि त्यसलाई अनुमोदन गर्न स्थायी समिति वा केन्द्रिय कार्यसमितिमा लैजानु पर्छ । यस अघि भएको महासंघ कार्यसमिति बैंठकले पनि महासंघको आधिकारीक निर्णय गर्ने अधिकार महासंघ स्थायी समिति र केन्द्रिय समितिलाई मात्र दिएको छ । तर, राणाले आफ्नै जतविजीमा नैतिक समर्थन लिनका लागि पहिलो पटक पूर्व अध्यक्ष सहितको बैठक बोलाएको महासंघका एक केन्द्रिय सदस्यले जानकारी दिए ।

कोरोनाको कारण तीन पटकसम्म चुनावी मिति सार्दै यहि साउन २६ र २७ गते लतिलपुरको हेरिटेज गार्डेनमा महासंघले आफ्नो ५४ औं साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त मितिमा निर्वाचन गर्न वरिष्ठ उपाध्यक्षका दुई प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रचारप्रसारमा होमिएका थिए ।

तर, सो मितिमा निर्वाचन गराउँदा आफुले समर्थन गरेको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले हार्ने सम्भावना उच्च रहेको र जसले गर्दा पछि आफुलाई समस्या पर्ने भन्दै चुनावी मिति सार्ने खेल सुरु भएको महासंघको एक केन्द्रिय सदस्यले जानकारी दिए । अध्यक्ष राणाले यसअघि पनि आर्थिक हिनामिसना गरेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल तानेर अनुसन्धान सुरु गरेको थियो ।

तत्कालिन समयमा आर्थिक हिनामिना गरेको आरोपमा नैतिकताको आधारमा कोषध्यक्ष ज्ञानेन्द्र लाल प्रधानले राजिनामा माग्दा चण्डीराज ढकालकै आडमा राजिनामा दिनबाट जोगिएकी थिईन भने अध्यक्षले ठूलो आर्थिक हिनामिना गरेको भन्दै कोषाध्यक्ष प्रधानले त्यसको अपजस आफुले लिन नसक्ने भन्दै पदबाटै राजिनामा दिएका थिए । तर अबका दिनमा आफुले समर्थन गरेको टीमले महासंघमा जितेर नआउने हो भने उक्त मुद्दा उठाए आफुलाई समस्यामा पार्ने भन्दै जसरी पनि आफुले समर्थन गरेको टीम जिताउन चुनाव सार्ने रणनीतिका साथ अध्यक्ष राणा अघि बढेको महासंघ स्रोतले जानकारी दिएको छ ।

महासंघको मनोनित सदस्य भएर प्रवेश गरेदेखि अध्यक्ष बन्दसम्म पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालको साथ लिएर अघि बढेका राणा अध्यक्षको कार्यकाल सकिने अन्तिम समयमा ढकालको साथ छाडेसँगै अल्पमतमा परेकी थिईन । महासंघमा आफ्नो कार्यकालमा मनोनित सदस्य बनाएर राणालाई महासंघमा प्रवेश गराएका ढकालले विधान संसोधन गरेर स्वत अध्यक्ष बनाएका थिए । तर, पछिल्लो समय व्यक्तिगत स्वार्थका कारण ढकालको साथ छाडेपछि महासंघभित्र अल्पमतमा पर्नुका साथै आलोचित बन्दै गएकि छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL