Logo

निर्यात बढेपनि घटेन व्यापार घाटाको खाडल, ७ महिनामा साढे ७ खर्व घाटा

निर्यात बढेपनि घटेन व्यापार घाटाको खाडल, ७ महिनामा साढे ७ खर्व घाटा



काठमाडौं । पछिल्लो समय नेपालको अन्तरराष्ट्रिय व्यापारमा सुधार आएको छ । राष्ट्र बैंकले हालै जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो ७ महिनामा गत आवको सोही अवधिको तुलनामा निर्यात २२ दशमलव ४ प्रतिशतले बढेको छ भने आयातमा ३ दशमलव ६ प्रतिशतको गिरावट आएको छ ।

laxmi

यसरी निर्यातमा वृद्धि र आयातमा संकुचन भईरहँदा पनि व्यापारघाटाको खाडल भने ७ खर्ब ३८ अर्ब ६३ करोड कायमै छ । आयातमुखी अर्थतन्त्र भएको नेपालमा निर्यातमा वृद्धि हुँदा र आयातमा संकुचन आउँदा पनि व्यापारघाटाको खाडल पुरिन नसकेको व्यवसायिक घरानाहरुको भनाई छ ।

गत आवमा १२ प्रतिशतले वृद्धि भएको निर्यात व्यापार यो बर्ष २२ प्रतिशतले बढ्दा कुल निर्यात ६४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यस्तै गत बर्ष २६ प्रतिशतले बढेको आयात यो बर्ष ३ प्रतिशतले घट्दा कुल ८ खर्ब ३ अर्ब पुगेको छ ।

पछिल्लो ७ महिनामा आयात तर्फ कच्चा पाम तेल, रासायनिक मल, हटरोल लगायतको आयात बढेको छ भने एमएस बिलेट, सुन, यातायातका पार्टपुर्जा लगायतको आयात घटेको छ ।

यस्तै निर्याततर्फ भने पाम तेल, अलैंची, जुटका सामानलगायतको निर्यात बढ्दा जस्तापाता, तार, तयारी पोशाकलगायतको निर्यात ओरालो लागेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL