Logo

उद्योगी भन्छन थाहै नदिई बढाईएको विद्युत महशुल कसरी तिरौं ? उद्योग बन्द गर्ने अवस्थामा पुग्यौं

उद्योगी भन्छन थाहै नदिई बढाईएको विद्युत महशुल कसरी तिरौं ? उद्योग बन्द गर्ने अवस्थामा पुग्यौं



काठमाडौं । बुटवल भैरहवा औद्योगिक करिडोरका उद्योगीहरुले पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड, ट्रंक लाईनको महशुल भन्दै थमाएको बील तिर्न नसक्ने बताएका छन । प्राधिकरणले पहिल्यै आफुलाई दिएको विद्युत लाईन डेडिकेटेड वा ट्रंक भएको जानकारी नगराईकनै एक्कासी ६६ दशमलव ६७ प्रतिशत महशुल बढाएको बील तिर्न नसक्ने उद्योगीले बताएका हुन ।

laxmi

‘हामीले प्राधिकरणले दिएको विद्युत लाईन पहिल्यैदेखि सामान्य मूल्य तिरेर चलाईरहेका छौं,’ उद्योगी चन्द्रमान श्रेष्ठले भने, ‘तर एक्कासी गत मंशिरमा २०७५ देखिको बाँकी बक्यौताको अर्काे बील मकहाँ आएको छ त्यो म केका आधारमा तिरु ?’

उनले २०६१ सालदेखि नै विद्युत सामान्य मूल्यमा उद्योगका लागि चलाउँदै आएको र प्रत्येकचोटी पैसा नियमअनुसार बुझाउने गरेको बताए । तर गत मंशिरमा मात्रै नेपाल विद्युत प्राधिकरणले सामान्य मूल्यमा ६६ दशमलव ६७ प्रतिशत महशुल थपेर छुट बील भनेर थमाएको छ ।

उद्योगीहरुले एक्कासी थमाईएको उक्त ट्रंक लाईन वापतको पैसा सरकारलाई बुझाए आफ्ना उद्योगहरु नै बन्द गर्ने अवस्थामा पुग्ने बताएका छन । ‘हामी एक्कासी थमाईएकोबील कसरी तिरौं ? हामी अन्याएमा परेका छौं,’ सिद्धार्थ उद्योग वाणिज्य महासंघ रुपन्देहीका अध्यक्ष कुलचन्द्र न्यौपानेले भने, ‘हामीलाई पहिल्यै तपाईँले ट्रंक या डेडिकेटेड लाईन प्रयोग गर्नुभएको छ भनेर जानकारी त दिनुपथ्र्याे नी ।

उद्योगीहरुले त्यसक्षेत्रका कतिपय उद्योगहरुलाई भने त्यही लाईनको विजुलीमा छुट दिएको समेत उद्योगीहरुले बताएका छन । एउटै लाईनबाट विद्युत लिएका कतिपय उद्योगलाई ट्रंक लाईनवापतको महशुल तोकिएको छ भने कतिपयलाई सामान्य शुल्क मात्रै तोकिएको छ ।

हाल उक्त करिडोर अन्तरगत साना ठुला गरी १ सय भन्दा बढी उद्योगहरु छन । तर यस्तो समस्या भने २२ ओटा उद्योगले मात्रै भोगेको उद्योगीहरुको भनाई छ । ‘सरकारले एउटै लाईनको विजुली खपत गर्ने कुनै उद्योगलाई काखा र कुनैलाई पाखा गरेको छ, ’उद्योगीले भने । उद्योगीहरुले एक्कासी थमाईएको उक्त महशुल कुनै हालतमा तिर्न नसक्ने जिकिर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL